आशिष राई २१ औ मिस्टर धरान

  • फागुन २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एलाइनेट जिमको आयोजनामा आयोजित २१ औ मिस्टर धरान शारिरिक सुगठन प्रतियोगिताको उपाधि हाम्रो व्यामशालाका आषिस राईले हात पारेका छन् ।

७५ केजि तौल समुहका विजेता अषिश राईले नगद १ लाख रुपैया संगै तिन लाख रुपैया वरावरको मल्टि स्मिथ मेसिन, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । मल्टि मेसिन फिटनेस चोइस इटहरीले स्पोन्सर गरेका हुन् ।

त्यस्तै गरि ७० तौल समुहका अर्पण लिम्वु दोस्रो र ६५ तौल समुहका सन्तोष लिम्वु तेस्रो र झुनाज फिटनेसका सन्तोष चौथो भएका छन । अर्पण र सन्तोष क्रन्च फिटनेसका हुन । उनिहरुले क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसै गरि प्रतियोगिताको वेस्ट पोजर उपाधि क्रन्च फिटनेसका रिचर्ड तामाङ्ग, मोस्ट इम्प्रुभमेन्ट उपाधि क्रन्चका सन्तोष लिम्वु, र मोस्ट मस्कुलरको उपाधि भिजन फिटनेसका प्रवेश लिम्बुले जितेका छन । उनिहरुले जनहि नगद ५ हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वु, प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, ओसियन पार्क इटहरीका प्रोपराइटर डम्वर तामाङ्ग, समाजसेवि मिना सिंगक लगायतले पुरस्कार प्रदान गरेका थिए ।

एलाइनेट जिमको १९ औ प्रस्तुति रहेको कार्यक्रम दुइ दिन सम्म चलेको थियो । शुक्रवार सहभागिहरु वाट प्रि–जजिङ्ग गरि शनिवार भने फाइनल गरिएको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved