मिस्टर धरान फागुन २० मा

  • फागुन १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दुई दशक अघिदेखि शारीरिक सुगठनको क्षेत्रमा निरन्तर क्रियाशील एलाइनेट जिमले यो वर्षसमेत धरानमा नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । २१ औं मिस्टर धरान आगामी फागुन २० गतेदेखि शुरु हुने छ ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी समूहले स्पर्धा गर्नेछन् । आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूका अनुसार पहिलो दिन शुक्रबार प्रि–जजिङ राउन्ड हुनेछ । जसमा प्रत्येक समूहमा ६ जना खेलाडी छनोट भई ३० जना फाइनल प्रतियोगितामा सहभागी हुनेछन् ।

फागुन २१ गते शनिबार आयोजना हुने फाइनलमा प्रत्येक वजन समूहले स्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रत्येक वजन समूहलाई प्रतिस्पर्धा गराई प्रथमदेखि छैठौं स्थान निर्धारण गरिनेछ । प्रत्येक समूहका प्रथम खेलाडीलाई मात्र ओभरअल राउन्डमा समावेश गराइनेछ । ओभरअल राउन्डमा प्रतिस्पर्धा गराई पुनः प्रथमदेखि पाचौं वर्यता कायम गरिने छ । ओभरअल राउन्डको प्रथम खेलाडीलाई २१ औं मिस्टर धरान घोषणा गरिनेछ ।

विजेताले मिस्टर धरानको उपाधिसँगै ट्रफी, मेडल, प्रमाणपत्र र नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । फस्ट रनरअपले ट्रफी, मेडल, प्रमाणपत्रसँगै नगद ४० हजार, सेकेन्ड रनरअपले ट्रफी, मेडल, प्रमाणपत्रसँगै नगद ३० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको चौंथो र पाँचौ स्थान प्राप्त गर्न सफल खेलाडीले क्रमशः २० हजार र १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधामा समेत खेलाडीले नगद पाँच हजारसहित ट्रफी, र प्रमाणपत्र प्राप्त गर्नेछन् । स्पर्धामा बेस्ट पोजर, मोस्ट इम्प्रुभ, मोस्ट मस्कुलर लगायतका विधा समावेश गरिएको छ ।

दुई दिवसीय यो प्रतियोगिताले प्रतिभाशाली खेलाडीलाई अवसर प्रदान गर्ने, खेलकुदको विकास र सक्रियतामा टेवा दिने र समाजका विकृति विरुद्ध लड्न युवालाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ । शारीरिक सुगठन प्रतियोगितामा दशकौंदेखि योगदान गर्दै आएको एलाइनेट जिमले यस अघि मिस्टर नेपाल ४ पटक, मिस्टर पूर्वाञ्चल ७ पटक, मिस्टर कोशी ४ पटक र नगर स्तरीय बेन्च प्रेस स्पर्धा एक पटक सञ्चालन गरिसकेको छ । मिस्टर धरानको आयोजना भने यो तेस्रो पटक गर्न लागेको हो ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved