सियोन थ्री वाइ थ्री वास्केटवल : दुवै उपाधि होलिल्याण्ड स्कुललाई

  • फागुन २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अन्तर विद्यालय थ्री वाइ थ्री सियोन बास्केटवल प्रतियोगिताको महिला पुरुष दुवै तर्फको उपाधि होलिल्याण्ड स्कुलले हात पारेको छ ।

सियोन स्कुलको आयोजनामा मंगलवार सम्पन्न एकदिने प्रतियोगितामा होलिल्याण्ड स्कुलले पुरुष तर्फ युएनलाई १०–४ र महिला तर्फ आयोजक सियोन स्कुललाई ११–० अंकको अन्तरले पराजित गर्दै उपाधि जितेका हुन । विजेता तथा उपविजेताले ट्रफि, कफि पव एण्ड रेष्टोको पाच सय रुपैया वरावरको फुड भौचर, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडि पुरुष र महिला तर्फ नै होलिल्याण्ड स्कुलका युडि लिम्वु र इच्छा लावती घोषित भइन । यसैगरि उदयीमान खेलाडि आयोजक सियोन स्कुलका गौरव गुरुङ्ग र इनु लिम्वु घोषित भइन । उनिहरुले ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन । पुरस्कृत खेलाडिहरुलाई सियोन स्कुलका अध्यक्ष खड्कवहादुर मगर, प्राचार्य सन्जिव वान्तवा, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, महिला वास्केटवलका राष्ट्रिय खेलाडि डा. आशा राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत आयोजना गरिएको थियो । थ्री पोइन्ट कम्पिटिसनमा ५ बास्केट गर्दै डिपो स्कुलका रिदम लिम्बूले उपाधी जितेका थिए । उनले ट्रफी, पाच सय रुपैया बराबरको कफि पब एन्ड रेष्टोको फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा धरान र तरहराका गरि पुरुष तर्फ नौ र महिला तर्फ सात टिमले सहभागिता जनाएका थिए । सहभागि विद्यालयहरुमा आयोजक सियोन स्कुल, होलिल्याण्ड स्कुल, युएन, डिपो, समिट स्कुल, हिमशिखर तरहरा र केके इन्टरनेसशल स्कुल रहेको थियो । प्रतियोगिताका सम्पुर्ण खेल धरान १६ स्थित सियोन स्कुलको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved