धरान । सुनसरीको दुहबी नगरपालिकाको आयोजना र एलेभेन एरोज क्लबको संयोजनमा भएको चौथो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा दुहबी वडा नम्बर १० विजयी भएको छ ।
वडा नम्बर ४ लाई २–० गोल अन्तरले पछि पार्दै चौथो मेयरकपको उपाधी हात पारेको हो । दुहबी वडा नम्बर १० का कुन्दन चौधरीले खेलको दोस्रो हाफको २२ औं मिनेटमा १ गोल र अतिरिक्त समयको २ मिनेटमा १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए । खेलको उत्कृष्ट खेलाडी चौधरी घोषित भए । उनले २ हजार नगद र मेडल प्राप्त गरे ।
उपाधी संगै दुहबी वडा नम्बर १० ले १ लाख १ हजार नगद तथा ट्रफी प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ४ ले ५१ हजार नगद र ट्रफी प्राप्त गरेको छ । फाइनल खेलको समापन कार्यक्रमका प्रमुख अतिथि पुर्ब मन्त्री बिजय कुमार गच्छदार रहेका थिए । दुहबीका मेयर बेदनारायण गच्छदारले दुहबी फुटबल जगतको उर्बर भुमी रहेकाले फुटबलप्रेमी युवाहरुलाइ ब्यावसायिक खेलाडी बनाउन सुबिधा सम्पन्न रंगशाला निर्माण भैरहेको बताए । उनले एन्फा र दुहबी नगरपालिकाको साझेदारीमा दुहबी ७ मा ६ बिगाहा क्षेत्रफलमा फुटबल एकेडेमी सन्चालन गर्ने सम्झौता भैसकेको वताए ।