धरान/ स्वर्गीय उदयमान बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न क्वाटरफाइनल खेलबाट मेघा ‘ए’, मेघा ‘बी’, हिमशिखर बोर्डिङ स्कुल र सुनाखरी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्। धरान–१२ स्थित धरान मेघा हिमालय कलेजको आयोजनामा कलेजकै बास्केटबल कोर्टमा सञ्चालन भइरहेको प्रतियोगितामा सुनसरी जिल्ला बास्केटबल संघ तथा धरान बास्केटबल संघको प्राविधिक सहयोग रहेको छ भने रेवाहाङ रुन्छेबुङ राई स्मृति प्रतिष्ठान सह–आयोजक संस्थाका रूपमा रहेको छ। बिहीबार सम्पन्न खेलमा मेघा ‘बी’
धरान/ अन्तराष्ट्रिय बक्सिङ एशोेसिएशनद्धारा मान्यता प्राप्त प्रोफेसनल तथा एमाच्योर बक्सिङको दोस्रो संस्करण धरान फाइट नाइट माघ २३ गते धरानमा आयोजना हुँदैछ । धरान बक्सिङ संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर धरान फाइटनाइट प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ । देशभरीबाट १४ जना खेलाडीहरु सहभागी हुने प्रतियोगितामा अघिल्लो वर्ष सम्पन्न प्रतियोगितामा प्रथम हुनु भएका धराने बक्सर सिंहवीर लिम्बू सहित १४ बक्सरहरु रिङमा उतार्न लागिएको पत्रकार सम्मेलनमा संघका सचिव महेश आले मगरले जानकारी गराउनुभयो । माघ २३ गते शुत्रबार धरान १५ स्थित किरात याक्थुङचुम्लुङमा साँझ ४ बजेदेखि सुरुहुने
धरान/सुनसरीको धरान १६ मा अव्यवस्थित युएन नवाेदय +२ कलेजमा ‘स्वास्थ्य र राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित नवोदय खेलकुद महोत्सव–२०२६ सुरु भएको छ। खेलकुद महोत्सवको पहिलो दिन भलिबल, बुद्धिचाल, टेबल टेनिस, क्यारेमबोर्ड, बास्केटबल, ब्याडमिन्टनलगायत विभिन्न प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। भलिबलतर्फ +२ छात्रा समूहमा आकृति राईको समूह विजेता र सुजता तामाङको समूह उपविजेता बनेका छन्। छात्र समूहमा रुप्सन राईको समूहले उपाधि जित्दा सुनीहाङ तेङयुङ लिम्बूको समूह उपविजेतामा सीमित भएको छ। होटल व्यवस्थापन (बीएचएम) तर्फको भलिबल प्रतियोगितामा अनिस बस्नेतको समूह विजेता र मिसन लिम्ब
धरान/ स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको सम्झनामा आयोजना हुने चौथो अन्डर–१८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। धरान उपमहानगरपालिकाका उपप्रमुख ऐन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यतामा मंगलबार उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १९ वटा विद्यालय तथा कलेज टिमको सहभागिता रहनेछ। प्रतियोगितामा हिमशिखर बोर्डिङ स्कुल, पूर्वाञ्चल स्कुल, सुष्मा कलेज, सुकुना कलेज, लोटस स्कुल, नास्ट कलेज, धरान आदर्श स्कुल, धरान मेघा कल
धरान/ धरानको प्रतिष्ठित फुटबल प्रतियोगिता २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप आगामी माघ २२ देखि फागुन २ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन हुनेछ। आयोजक धरान फुटबल क्लबले बिहीबार धरान–१५ स्थित होटल मेरिकेनमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो। यस वर्षदेखि प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ, जुन अघिल्ला संस्करणमा ८ टिममा सीमित थियो। धरान फुटबल क्लबका महासचिव नवीन राईका अनुसार प्रतियोगितामा नेपाल, भारत र भुटानका चर्चित क्लबहरूबीच प्रतिस्पर्धा हुनेछ। सहभागी टिमहरूमा एनआरटी क्लब (काठमाडौं), चर्च ब्
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा दोस्रो संस्करणको वराहक्षेत्रमा टि -20 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । वराहक्षेत्र क्रिकेट क्लबको आयोजनामा उक्त दोस्रो संस्करणको वराहक्षेत्र टि (द्दण् क्रिकेट प्रतियोगिता बुधवारबाट हुनेछ । वराहक्षेत्र नगरपालिका वडा नं २ तेह्र आरडि स्थित खेलमैदानमा पौष ३० गतेदेखि माघ ५ गते सम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारले बताए । प्रतियोगिताको बारे मङलवार आयोजक क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारको सभाध्यक्षमा आयोजना भएको पत्रकार सम्मेलनमा क्रिकेट संघ सुनसरीका अध्यक्ष सिपि
धरान/ यु–१८ उमेर समूहको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता २०८२ आगामी माघ महिनामा हुने भएको छ। रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल संघ तथा धरान मेघा हिमालयन कलेजको संयुक्त आयोजनामा प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएका हुन्। सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीका अनुसार प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरूको सहभागिता रहनेछ। धनकुटामा पनि बास्केटबल खेलको विकास हुँदै गएकाले त्यहाँका विद्यालयलाई समेत सहभागी गराउने पहल भइरहेको उनले बताए। आगामी वर्षहरूमा इ
धरान/ किरात राई यायोक्खा सुनसरीले नयाँ वर्ष यलम्बर संवत ५०८६ को अवसरमा वडा कार्यसमिति स्तरीय विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी माघ १ गतेदेखि यलम्बर संवत ५०८६ सुरु हुँदैछ। नयाँ वर्षलाई भव्य रूपमा मनाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितालाई ‘यलम्बर कप ५०८६’ नाम दिइएको छ। खेलकुदमार्फत सांस्कृतिक पहिचान प्रवर्द्धन गर्दै नयाँ वर्ष उत्सवमय बनाउने योजना रहेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए। अध्यक्ष राईले यलम्बर संवतलाई विश्वकै प्राचीन संवतको रूपमा उल्लेख गर्दै यसलाई राज्यस्तरबाट लागू गर्नुपर्ने आवश्यकता औँल्याए। &l
धरान/ कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानले शानदार प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ। बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले पिनाकल ज्ञान मन्दिर कानेपोखरी, मोरङलाई ४–० ले पराजित गर्यो। खेलको पहिलो हाफमा प्रभातका भुवन भण्डारीले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफमा पनि प्रभातको दबदबा कायम रह्यो। भुवन भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गर्दा, निम्साङ मगरले २० औँ र २९ औँ मिनेटमा दुई गोल थप्दै टोलीको जित सुनिश्
धरान/धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले महोत्सवबाट संकलित रकमको प्रयोग गरी धरानमा ‘खेलकुद अध्ययन केन्द्र’ स्थापना गर्ने योजना सार्वजनिक गरेका छन्। आइतबार सम्पन्न खेलकुद महोत्सवको समापन समारोहमा बोल्दै अध्यक्ष राईले उक्त केन्द्रमार्फत धरान र देशका लेजेन्डरी खेलाडीहरूको अतुलनीय योगदान उजागर गरिने, उनीहरूको जीवनी संकलन गरिने तथा नवप्रतिभा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गरिने जानकारी दिए। अध्यक्ष राईले भने, “खेलकुद अध्ययन केन्द्र स्थापना गरेर खेल जगतको महत्व र खेलाडीहरूको अमूल्य योगदानलाई दस्तावेजीकरण गर्नेछौं। यसले भावी पुस्तालाई प्रेर