२६औं बुढासुब्बा गोल्डकप : 'प्लानिङ बोइज युनाइटेड' फाइनलमा प्रवेश

  • माघ २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/बुढासुब्बा गोल्डकपको २६औं संस्करणमा पहिलोपटक सहभागिता जनाएको लालीगुँरास एसोसियसन पोखरालाई पराजित गर्दै नव आगन्तुक 'प्लानिङ बोइज युनाइटेड' फाइनलमा प्रवेश गरेको छ । 

२-१ गोल अन्तरको जित निकालेको प्लानिङका लागि खेलको दोस्रो हाफको १३औं मिनेट र ४१औं मिनेटमा क्रमशः विलियम एलेक्स र म्यान अफ द म्याच प्रतापसिंह राईले योगदान गरे ।

पहिलो पटक प्रतियोगितामा सहभागी दुवै टिमले मैदानमा भएको असमझदारीका कारण तीतो अनुभव गर्न पुगे । 

पहिलो हाफ मध्यतिर दुई टिमबीच भएको घम्साघम्सीपछि प्लानिङ बोइजका पापा इबोउ केबी र लालीगुराँस पोखराका इस्कन्दर सिद्दिकी जुनो रेड कार्ड पाउँदै मैदान बाहिरिए । लालीगुराँसका म्यानेजर ईश्वर बस्यालसमेतलाई रेफ्रीले मैदान बाहिर पठाइदिए । 

खेलको दोस्रो हाफपछि लयमा फर्किएको प्लानिङ बोइजका तर्फबाट दोस्रो हाफकै १३ औं मिनेटमा डिबक्सभित्र फउल पाएपछि प्राप्त पेनाल्टीलाई विलियम एलेक्सले गोलमा परिणत गरे । 

खेलको ४१ औं मिनेटमा एलेक्सको असिस्टमा म्यान अफ द म्याच प्रतापसिंह राईले वन भर्सेज वनको मुभमा किपरलाई बिट गर्दै प्लानिङका लागि निर्णायक गोल गरे ।

घम्साघम्सीपछि रेड कार्ड पाएर बाहिरिएका लालीगुँरास पोखराका तर्फबाट जर्सी नं. ४४ लगाएर मैदानमा उत्रिएका इस्कन्दर सिद्दिकी जुनोले पहिलो हाफको छैटौं मिनेटमा गरेको गोल टिमका लागि सान्त्वना बन्यो ।  

क्वाटरफाइनलमा न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै सेमिफाइनल पुगेको प्लानिङ बोइजले भोलि बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग भिडन्त गर्नेछ । 

आयोजक धरानविरुद्ध जित निकालेको लालीगुँरास एसोसियसन घर फर्किएको छ । बुधबार दोस्रो सेमिफाइनल खेल झापा-११ र चर्च बोइजबीच हुने आयोजकले जनाएको छ ।

पाहुना टोली रोयल थिम्पु भुटानलाई क्वार्टर फाइनलमा पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो भने चर्च बोइज विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । 

धरान-१६ स्थित धरान रंगशालामा बुधबार दिउँसो ३ बजेदेखि यी दुवै टिमले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved