सातौँ ‘मिस्टर कोशी प्रदेश’ खुला शारीरिक सुगठन प्रतियोगिता हुने

  • माघ १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा कोशी प्रदेशस्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता ‘सातौँ मिस्टर कोशी प्रदेश–२०८२’ आयोजना हुने भएको छ। शारीरिक सुगठन खेलको विकास र विस्तार गर्नु, प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउनु, खेलाडीको आर्थिक सशक्तीकरण गर्नु तथा खेलकुदमार्फत स्वस्थ नागरिक निर्माणमा योगदान पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

एलाइनेट जिम धरानको आयोजनामा हुने प्रतियोगिता आगामी चैत २७ र २८ गते धरान उपमहानगरपालिका–८ स्थित सभागृह भवनमा सञ्चालन गरिनेछ। प्रतियोगितासम्बन्धी जानकारी आज धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो। प्रतियोगिताको पहिलो दिन प्रि–जर्जिङ चरण सञ्चालन गरिनेछ, जसअन्तर्गत प्रत्येक तौल समूहबाट छ–छ जना खेलाडी छनोट गरिनेछ। विभिन्न तौल समूहबाट छनोट भएका जम्मा ३० जना खेलाडीलाई फाइनल चरणमा समावेश गरिने प्रतियोगिता संयोजक तथा एलाइनेट जिम धरानका अध्यक्ष विक्रम लिम्बुले बताए।

फाइनल चरणमा प्रत्येक तौल समूहमा प्रतिस्पर्धा गराई प्रथमदेखि छैटौँ स्थानसम्मका खेलाडी निर्धारण गरिनेछ। प्रत्येक तौल समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडीलाई मात्र ओभरअल चरणमा सहभागी गराइनेछ। ओभरअल चरणमा प्रवेश गरेका छ जना खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थान निर्धारण गरिनेछ। ओभरअल चरणमा प्रथम हुने खेलाडीलाई ‘सातौँ मिस्टर कोशी प्रदेश–२०८२’ घोषित गरिने आयोजकले जनाएको छ।


प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी तथा ७५ केजीभन्दा माथिका तौल समूह समावेश गरिएका छन्। प्रत्येक तौल समूहमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई ट्रफी, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। ओभरअल समूहअन्तर्गत प्रथम हुने खेलाडीलाई एक लाख २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई ४० हजार रुपैयाँ, चौथो हुनेलाई ३० हजार रुपैयाँ, पाँचौँ हुनेलाई २५ हजार रुपैयाँ र छैटौँ हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

यसैगरी प्रतियोगितामा बेस्ट पोजर, मस्कुलर म्यान, मोस्ट इम्प्रुभ तथा बेस्ट टिम विधाका विजेतालाई जनही पाँच हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष लिम्बुले बताए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved