२६औँ बुढासुब्बा गोल्डकप : झापा ११ सेमिफाइनलमा प्रवेश

  • माघ २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत छैटौँ दिनको खेलमा झापा ११ एफसी ले काठमाडौँको सातदोबाटो यूथ क्लब लाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

धरान रङ्गशालामा मङ्गलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा झापा ११ ले उत्कृष्ट खेल प्रस्तुत गर्दै सातदोबाटोलाई स्तब्ध बनाएको हो। खेलको १६औँ मिनेटमा राजेश दाहाल ले गोल गर्दै झापालाई अग्रता दिलाए।

दोस्रो हाफको ४३औँ मिनेटमा एरोन थापा मगर ले निर्णायक गोल गरेपछि झापाको जित लगभग सुनिश्चित भयो। सातदोबाटोका वेविरोस ले दोस्रो हाफको १३औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलको ४८औँ मिनेटमा वेविरोसले रेड कार्ड पाएपछि सातदोबाटो १० खेलाडीमा सीमित हुन पुगेको थियो, जसको फाइदा झापा ११ ले उठायो।
घरेलु दर्शकको उल्लेखनीय समर्थन पाएको खेलमा उत्कृष्ट प्रदर्शन गरेका एरोन थापा मगर ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

भोली (बुधबार) हुने पहिलो सेमिफाइनल खेल मा लालीगुराँस फुटबल क्लब पोखरा र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ आमनेसामने हुनेछन्।

सातदोबाटो यूथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड दुवै टोली पहिलो पटक बुढासुब्बा गोल्डकप खेल्न धरान आएका हुन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved