खेलकुद

    Showing 131-140 of 643 items.
  • नेपाल आज हङकङसँग भिड्दै, सुपर थ्री पुग्ने लक्ष्य

    काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग खेल्नेछ। समूह 'सी' मा रहेको नेपाल र हङकङबीचको खेल थाइल्यान्डको बैंककस्थित टेरथाई क्रिकेट ग्राउन्डमा बिहान ११ः१५ बजे सुरु हुने तालिका छ। डबल राउण्ड रोबिन प्रणालीमा भइरहेको प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेल वर्षाका कारण टस हुनुअघि नै रद्द भएको थियो। त्यसपछि नेपालले बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरिसकेको छ। हङकङको दुवै खेल वर्षाले प्रभावित बनाएको छ। सोमबार बहराइनविरुद्धको खेलमा पनि हङकङले बलिङ सुरु गर्न नपाउँदै वर्षाले खेल अवरुद्ध भयो। बहराइनले ४ ओभरमा १५ रन बनाइसकेको अवस्थामा खेल रोकिएको थियो। आजक

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 553 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १०औं बास्केटबल ट्यालेन्ट हन्टका सहभागी विद्यार्थी तथा प्रशिक्षकलाई जर्सी वितरण

    धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा जारी १०औं बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका सहभागी विद्यार्थी र प्रशिक्षकहरुलाई जर्सी वितरण गरिएको छ। बुधबार धरान–१६ स्थित धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा आयोजित कार्यक्रममार्फत सहभागीहरूलाई जर्सी वितरण गरिएको हो। जर्सी वितरण सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले गरेका थिए। प्रशिक्षकहरूलाई भने जर्सीसँगै प्राविधिक सामग्री पनि प्रदान गरिएको थियो। बास्केटबल खेलको विकास तथा खेलाडी उत्पादन गर्ने उद्

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 869 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी इन्टरस्कुल बास्केटबल टुर्नामेन्ट सम्पन्न : ग्रीनल्याण्ड र होलील्याण्डले जिते उपाधि

    सुनसरी /धरान–१२ स्थित सुनाखरी एकेडेमीको आयोजनामा भएको ‘सुनाखरी डिटाउन ३x३ इन्टरस्कुल बास्केटबल टुर्नामेन्ट–२०८२’ शनिबार धरान–१९ स्थित हरियाली पार्कमा सम्पन्न भयो। प्रतियोगितामा छात्रतर्फ काठमाडौंको ग्रीनल्याण्ड स्कुल र छात्रातर्फ धरानकै होलील्याण्ड इन्टरनेसनल स्कुल (रातो टिम) च्याम्पियन बनेका छन्। छात्रातर्फ डिपोट सेकेन्डरी स्कुल धरान उपविजेता रहँदा छात्रातर्फको उपविजेता होलील्याण्ड इन्टरनेसनल स्कुलकै कालो टिम बन्यो। उत्कृष्ट खेलाडी: मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) छात्रतर्फ ग्रीनल्याण्डका प्रबिन गुरुङ र छात्रातर्फ होलील्याण्डकी दीक्षा लिम्बु घोषित भए। पुरस्क

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 1,017 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुुनाखरी एकेडेमीद्वारा कराँते र फाइट नाइटमा विजयी विद्यार्थीहरू सम्मानित

    धरान/ धरान-१२ स्थित चातरालाइनमा रहेको सुुनाखरी एकेडेमीले कराँते र धरान फाइट नाइटमा उत्कृष्ट प्रदर्शन गरेका आफ्ना विद्यार्थीहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ। विद्यालय परिसरमा बुधबार आयोजित कार्यक्रममार्फत विद्यालयले प्रतियोगितामा सफलता हासिल गर्ने विद्यार्थीहरूको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको हो। विद्यालयका प्रिन्सिपल मिलनकुमार राईका अनुसार कक्षा ११ मा अध्ययनरत सलिना जोगीलाई काठमाडौँमा वैशाख ११ देखि १३ गतेसम्म सम्पन्न ‘प्रथम शेरबहादुर देउवा कप कराँते प्रतियोगिता–२०८२’ मा तेस्रो स्थान हासिल गरेबापत सम्मान गरिएको हो। त्यसैगरी, कक्षा ८ मा अध्ययनरत नावाङ राईलाई धर

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 718 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दौरा सुरुवालमै लन्डन म्याराथुन दौडेर गिनिज वर्ल्ड रेकर्ड!

    सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमै लन्डन म्याराथुन २०२५ पुरा गर्दै गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन्। लन्डनमा सम्पन्न विश्वकै प्रतिष्ठित म्याराथुनमा उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै इतिहास रचेका हुन्। राई धरान रन समूह र नेपाल रन यूके का संस्थापक हुन्। हाल सपरिवार युकेमा बसोबास गरिरहेका राईले गिनिज रेकर्डको प्रयाससहित नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर दौडमा सहभागिता जनाएका थिए। उनको सन्देश स्पष्ट छ – "खेलमार्फत नेपाली संस्कृति विश्वलाई देखाऔं।" यस अभियानमार्फत उनले जुम्लामा निर्माणाधीन ‘हाई

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 674 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नेपालकै पहिलो आइविए प्रो एण्ड एमेचर फाइट नाइट भव्य सम्पन्न

    धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला तथा पुरुष धरान फाइट नाइट २०२५ शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा ४ वटा प्रो फाइट तथा ५ वटा एमेचर फाइट सम्पन्न भएका थिए। प्रो फाइट अन्तर्गत फ्लाइ वेट ९५१ केजी० तौल समूहमा झापाका फुङलाङ काम्बाङले नक्साल, काठमाडौंका आयुसलाई ५–० अंकले युनानिमस निर्णयमा पराजित गर्दै स्वर्ण पदक जिते। फेदर वेट ९५७ केजी० मा एभिसी धरानका सिंहविर लिम्बुले त्रिभुवन आर्मी क्लबका पुरन सुनुवारलाई ३–१ अंकले स्प्लिट डिसिजनमा हराउँदै स्वर्ण हात पारे। त्यस्तै, लाइट वेट ९६० केजी० मा सिएचजी काठमाडौंका सुलभ मालीले

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 671 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालको बलिङ र ब्याटिङ दुवैमा दबदबा, हङकङलाई ९ विकेटले हरा

    काठमाडौं/ आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल अपराजित यात्रा जारी राख्दै तेस्रो जित हात पार्न सफल भएको छ। (बुधबार) आज तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ९ विकेटले सहजै पराजित गर्दै बलिङ र ब्याटिङ दुवै क्षेत्रमा दबदबा जमायो। हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्‍यो। ओपनर साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे। सुरुवातमा निरज यादवले २३ रनको योगदान दिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हङकङ ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमै सीमित भयो। हङकङका लागि शिव माथुरले

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 691 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक राष्ट्रियस्तरको ‘धरान फाइट नाइट २०२५’ हुने

    धरान/खेलकुदको सहर धरानमा वक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले ‘धरान फाइट नाइट २०२५’ प्रतियोगिता हुने भएको छ। नयाँ वर्ष २०८२ वैशाख १२ गते शुक्रबार धरान बक्सिङको आयोजनामा यो राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको हो। धरान बक्सिङका अध्यक्ष दिपक राईका अनुसार प्रतियोगिता पहिलोपटक राष्ट्रियस्तरमा आयोजना गर्न लागिएको हो। बुधबार (आज)धरान–१२, चतरालाईनस्थित होटल गोर्खामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रतियोगिता बारे जानकारी गराएका हुन्। प्रतियोगितामा प्रोफेसनल (प्रो) र एमेचर दुई विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। कोशी प्रदेश अन्तर्गत धरान, धन

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 1,130 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक

    धरान/कोशी प्रदेश फुटबल संघले गत माघ २८ देखि फागुन ८ गतेसम्म सञ्चालन गरेको प्रिमियर लिग प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ। धरान रंगशालामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका क्लबहरूले सहभागिता जनाएका थिए। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत एन्फा टेक्निकल सेन्टर धरानमा प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरिएको हो। कोशी प्रदेश फुटबल संघका कोषाध्यक्ष आनन्द चौधरीले प्रस्तुत गरेको आयव्यय विवरणअनुसार कुल ३६ लाख ६७ हजार आम्दानी र २९ लाख ८ हजार खर्च भएको छ। उक्त हिसाबमा प्रतियोगिताबाट ६ लाख ९० हजार बचत भएको छ, जसमा एन्फाबाट अझै २ लाख आउन बाँकी रहेको बताइएको छ। आयतर्फ, कोशी प्रद

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 747 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५ औं गोधुली रनिङ कपको उपाधि भिडन्त बिहीबार

    सुनसरी/ धरानमा जारी २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको फाइनल बिहीबार १४ नं. वडा र १५ नं. वडाबीच प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि यी दुई टोली आमनेसामने हुने भएका हुन्। मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा १४ नं. वडाले १७ नं. वडालाई ३–२ को गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो। खेल सुरु भएको तेस्रो मिनेटमै विवाद उत्पन्न भएको थियो। १४ नं. वडाका डिफेन्सले डिबक्स भित्र १७ नं. वडाका तपन कार्कीलाई फल गरेको भन्दै निर्णायक मो. फारुख अहमदले १७ नं. वडालाई पेनाल्टी दिने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो। सो निर्णयप्रति असन्तुष्टि जनाउँदै १४ नं. वडाका खेलाडीले खेल्न अस्वीकार गरेपछ

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 708 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved