कोशी प्रदेश स्तरीय ओपन बास्केटवल उद्धघाटन खेलमा सुनसरी र इलाम विजयी

  • असार ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -विकास चाम्लिङ राई

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेलकुद विकास वोर्डको संयोजनामा विहिवार देखि डिपो स्कुलको वास्केटवल कोर्टमा संपन्न कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगिता भव्य रुपमा सुरु भएको छ ।

कार्यक्रमका प्रमूख अतिथि कोशी प्रदेश खेलकुद विकास वोर्डका सदस्यसचिव कृष्ण वस्नेत पर्शुराम द्धारा पानसमा द्धिप प्रज्वलन गरेर सुरु भएको कोशि प्रदेश स्तरीय ओपन बास्केकटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जिल्ला सुनसरी बास्केटवल टिम विजयी भएको छ ।

उद्घाटन खेलमा सुनसरीले मोरङ बास्केटवल टिमलाई ७४–३१ अंकको फराकिले अन्तरले पराजित गरेको छ ।

खेलमा सुनसरीले पहिलो, दोस्रो र चौथो क्वाटरमा क्रमशः १५–९, २५–५ र २३–० ले अग्रता लिएका थिए । मोरङले भने खेलको तेस्रो क्वाटरमा मात्र १७–११ अंकले अग्रता वनाएका थिए ।

खेलमा सुनसरीका टिम क्याप्टेन विवेकमणि श्रेष्ठले व्याक्तिगत १५ अंक जोड्दै म्यान अफ द म्याच घोषित भए । उनलाई नेपाल पत्रकार महासंघ सुनसरीका निर्वतामान अध्यक्ष जनकऋषि राईको हात वाट ट्रफि प्रदान गरिएको थियो ।

 यसै गरि सोहि दिन भएको दोस्रो खेलमा इलाम बास्केटवल टिमले झापा बास्केटवल टिमलाई ८१–४० अंकले पराजित गरे । इलाम र झापाले खेलको प्रत्येक क्वाटरमा १९–७, २२–१४, ३०–४ र १०–१५ अंक जोडे ।

उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ३४ अंक जोड्न सफल इलामका टेन्जिङ शेर्पा म्यान अफ द म्याच घोषित भए । इलाम र विवेक श्रेष्ठ घोषित घोषित भए ।

उनलाई सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राईको हात वाट ट्रफि प्रदान गरिएको थियो । पहिलो दिनको खेल जित संगै सुनसरी र इलाम सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताका विजेताले नगद रु. दुई लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद रु. एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

उत्कृष्ट खेलाडि धरान मेघा एमभिपि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद रु. १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको सभाध्यक्षमा संपन्न उद्धघाटन कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, धरान १८ न. वडाध्यक्ष प्रविण राई, १६ न. वडाध्यक्ष मुरारी भट्टराई, ८ न. वडाध्यक्ष धनवहादुर राई, डिपो स्कुल व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक, लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा धरान उपमहानगरपालिका र सुनसरी बास्केटवल संघको विशेष सहयोग रहेको छ । 

तस्बिरहरू :

IMG20250619092146 IMG20250619092034_01 IMG20250619091306 IMG20250619090845_BURST000_COVER IMG20250619091306-1 1750333046033 1750333050860 IMG20250619095250_01 IMG20250619093136

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved