तेस्रो ‘मिस्टर कञ्चनजंघा’ : राष्ट्रिय स्तरको बडीबिल्डिङ प्रतियोगिता भदौ २७ र २८ मा

  • जेठ २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र नयाँ प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले ‘तेस्रो मिस्टर कञ्चनजंघा खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता २०८२’ आगामी भदौ २७ र २८ गते झापाको बिर्तामोडमा आयोजना हुने भएको छ।

बडी ग्यारेज फिटनेस हाउसको आयोजनामा हुने प्रतियोगिताको घोषणा मंगलबार पत्रकार सम्मेलनमार्फत गरिएको हो। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन प्रिजजिङ (पूर्व मूल्यांकन) र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ।

A Place Where Great Shape Is an Authentic Passion भन्ने मूल नारासहित अघि बढिरहेको बडी ग्यारेजले अन्तर्राष्ट्रिय स्तरका उपकरण र अनुभवी प्रशिक्षकमार्फत सेवा दिँदै आएको आयोजकले जनाएको छ।

प्रतियोगितामा ५५ केजीदेखि ७५ केजीभन्दा माथिसम्मका तौल समूहमा प्रतिस्पर्धा हुनेछ। आयोजकले नेपालभरबाट करिब २ सय जना खेलाडीको सहभागिता रहने अपेक्षा गरेका छन्।

झन्डै ३५ लाख रुपैयाँको अनुमानित लागतमा सञ्चालन हुने प्रतियोगितामा विजेतालाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।

  • पहिलो स्थान : ५ लाख रुपैयाँ
  • दोस्रो स्थान : ३ लाख रुपैयाँ
  • तेस्रो स्थान : २ लाख रुपैयाँ
  • चौथो स्थान : १ लाख रुपैयाँ
  • पाँचौं स्थान : ७५ हजार रुपैयाँ
  • छैठौं स्थान : ५० हजार रुपैयाँ

बडी ग्यारेज फिटनेस हाउसका अध्यक्ष आदित्य पराजुली तथा संयोजकहरू राम दाहाल र दिपेन चौधरीले कार्यक्रमलाई प्रदेशस्तरकै गौरवको रूपमा विकास गर्ने लक्ष्यसहित सबै सरोकारवाला पक्षलाई साथ र समर्थन गर्न अपिल गरेका छन्।

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

८६ हजारभन्दा बढी यौन ...

काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको त ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved