कोशी प्रदेश स्तरीय बास्केटबलको फाइनलमा सुनसरी र इलाम भिड्ने

  • असार ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt बिकाश चाम्लिङ राई

धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा चलिरहेको कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा आयोजक जिल्ला सुनसरी र इलामबीच उपाधि भिडन्त हुने भएको छ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई फराकिलो ६९–२५ अंकले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। खेलमा सुनसरीले प्रत्येक क्वाटरमा क्रमशः १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेको थियो। सुनसरीका सुसन श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए।

उनलाई व्रिज इन्टरनेसनल कन्सलटेन्सीका मार्केटिङ म्यानेजर मनकुमार लिम्बुले ट्रफी प्रदान गरे।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा इलामले भोजपुरलाई ६०–४९ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गर्‍यो।

खेलको क्वाटरहरूमा इलाम र भोजपुरले १२–८, १७–९, १५–१२ र १६–२० अंक जोडे। इलामका मनिष तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए। उनलाई सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले ट्रफी प्रदान गरे।

सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुंगा र धनकुटा गरी ८ जिल्लाका टिमले सहभागिता जनाएको प्रतियोगिताका विजेताले नगद रु. २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

उपविजेताले नगद रु. १ लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट खेलाडीलाई धरान मेघा एमभीपी (मोस्ट भ्यालुएबल प्लेयर) उपाधिसहित नगद रु. १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

असार ५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतवार धरान-१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा हुनेछ।

Messenger_creation_27C1A350-6618-40A0-9C20-F7367590E88C

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved