सुनसरीले कोशी प्रदेश ओपन बास्केटबल उपाधि जित्यो, लगातार छैटौं च्याम्पियन

  • असार ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt _विकास चाम्लिङ राई

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा इलामलाई ८०–७३ अंकले पराजित गर्दै सुनसरीले छैटौं पटक लगातार च्याम्पियन बन्न सफल भएको हो ।

धरान बास्केटबल संघको आयोजनामा र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न प्रतियोगितामा सुनसरीले फाइनलमा रोमाञ्चक जित निकालेको हो ।

खेलको पहिलो क्वाटरमा इलामले २५–११ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा सुनसरीले १६–१५ अंक जोड्दा पहिलो हाफमा इलाम ४०–२७ ले अघि थियो ।

तेस्रो क्वाटरमा सुनसरीले उत्कृष्ट प्रदर्शन गर्दै ३१–११ को अग्रता लियो । अन्तिम क्वाटर २२–२२ को बराबरीमा टुंगिएपछि सुनसरीले समग्रमा उपाधि कब्जा गर्यो ।

 

यो जितसँगै सुनसरीले प्रदेश च्याम्पियनको ह्याट्रिक समेत पूरा गरेको छ । यसअघि काठमाडौ, धनगढी, पूर्वाञ्चल (हाल कोशी प्रदेश), मध्यपश्चिम र गण्डकी प्रदेशमा सम्पन्न विभिन्न राष्ट्रिय प्रतियोगिताका लागि आयोजित प्रदेश स्तरीय प्रतियोगितामा पनि सुनसरीले लगातार उपाधि जितेको थियो ।

कोशी प्रदेशस्तरीय पहिलो ओपन बास्केटबल प्रतियोगितामा उपाधिसहित सुनसरीले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता इलामले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो ।

फाइनल खेलमा सुनसरीका कैलश लिम्बू म्यान अफ द म्याच घोषित भए भने टोलीकै सुसन श्रेष्ठ प्रतियोगिताका ‘मेघा उत्कृष्ट खेलाडी’ घोषित भए । श्रेष्ठले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

पुरस्कार वितरण कार्यक्रम धरान बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्व सांसद जयकुमार राई, नेपाली कांग्रेस महासमिति सदस्य सुवास राई, डिपो स्कुल व्यवस्थापन समितिका अध्यक्ष अमर लिम्बू, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष जनक ऋषि राई लगायतको उपस्थिति रहेको थियो ।

समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पञ्चकर्ण राईले रेफ्रीलाई बल हस्तान्तरण गरी फाइनल खेल उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य विजयकुमार राई, धरान १८ नम्बर वडाध्यक्ष प्रविण राई, धरान १७ नम्बर वडाध्यक्ष मनोज भट्टराई, धरान ८ नम्बर वडाध्यक्ष धनबहादुर राई, सुनसरी फुटबल संघका अध्यक्ष नवीन राई लगायतको उपस्थिति थियो ।

धरान उपमहानगरपालिका र सुनसरी बास्केटबल संघको विशेष सहयोगमा सम्पन्न प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरी आठवटा जिल्ला टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू डिपो स्कुलको बास्केटबल कोर्टमा असार ५ गतेदेखि सञ्चालन भएका थिए ।1750599505749

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

भारतमा बन्धक बनाइएका ...

काठमाडौँ/  आकर्षक रोजगारीको झुटो आश्वासनमा भा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved