वराहक्षेत्र उप-मेयर कप भलिबल उपाधि वडा नं ३ लाई

  • असार ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -संगम बिष्ट

सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित बिचपानी खेलमैदानमा सम्पन्न वराहक्षेत्र उप-मेयर कप नगरस्तरीय भलिबल प्रतियोगिता–२०८२ को उपाधि वडा नं ३ ले हात पारेको छ।

शनिबार भएको फाइनल खेलमा वडा नं ७ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नं ३ ले उपाधि जितेको हो। उपाधिसँगै वडा नं ३ ले नगद ७१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।

उपविजेता वडा नं ७ ले नगद ४५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पार्‍यो।

वराहक्षेत्र नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा फाइनल खेलको म्यान अफ द म्याच वडा नं ७ का अनिस बिष्ट घोषित भए।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट सेटर वडा नं ३ का विष्णु थापा, उत्कृष्ट स्ट्राइकर वडा नं ७ का मनोज बस्नेत घोषित भए। दुबै खेलाडीले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नं ३ का राजु बस्नेत घोषित भए। उनले नगद ३ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

नगर उपप्रमुख नन्दकुमारी सुनुवारको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रमेश कार्की रहेका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल विशिष्ट अतिथिका रुपमा सहभागी थिए।

साथै, वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, वडा नं ३ का अध्यक्ष राजदीप लामा, वडा नं ७ का अध्यक्ष तथा वराहक्षेत्र नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, कार्यपालिका सदस्य, नगर सदस्य, स्थानीय समाजसेवीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

1750562818977

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved