अन्तर्वाता

    Showing 261-270 of 295 items.
  • ग्याँस सिलिण्डर चोरी गर्ने एक युवा पक्राउ

    धरान / ग्याँस सिलिडण्र चोरी गर्ने एक युवालाई ईलका प्रहरी कार्यलय धारनले पक्राउ गरेको छ । धरान ९ का पवन तामाङलाई ग्याँस सिलिण्डर चोरी गरेको आरोपमा ईलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको हो । उनले धरान १७ का श्री प्रसाद राईको किरना पसलबाट गत जेठ २४ गते ग्याँस सिलिण्डर चोरेको आरोप लागेको थियो । यस अघि पनि उनि २०७४ माघ २३ गते लागुऔषध सहित पक्राउ परेका उलाई जिल्ला अदालत सुनसरी धरौटिमा रिहा गरेको थियो ।

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 1,439 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करणीको आरोपमा कर्मचारी पक्राऊ

    इलाम/ जबरजस्ती करणीको आरोपमा इलामको माङसेबुङ गाउँपालिकाका एक कर्मचारी पक्राउ परेका छन् ।माङसेबुङ गाउँपालिका ६ चिसोपानी पंचमी बजारका ५५ वर्षीय असिस्टेन सबइन्जिनियर काजीमान राई पक्राउ परेकोे प्रहरीले जनाएको छ । एक महिलाको डेरामा गएर जबरजस्ती करणी गरेको आरोप सबइन्जिनियर राईमाथि लागेको थियो । जेठ १४ गते बुधबार राती आफूमाथि जबरजस्ती करणी भएको भन्दै पीडितले राईविरुद्ध जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् । घटनापश्चात फरार राई कार्यालयमा समेत उपस्थित थिएनन् । प्रहरीले घटनाको ९ दिन पक्राउ गरेको हो । राईलाई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,036 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • रुकुम घटनाका पीडितले न्याय नपाए आन्दोलनमा उत्रिने चेतावनी सहित नगरपालिका लाई ज्ञापन पत्र

    बराहक्षेत्र । रुकुम पश्चिममा भएको नरसंहारको विरुद्धमा यतिबेला देशका विभिन्न स्थानहरुमा प्रदर्शन भैरहेको छ। रुकुमको चौरजहारी नगरपालिका– ८ मा अन्तरजातीय प्रेमकै कारण ६ जनाको ज्यान लिएको घटनापछि प्राध्यापक, लेखक, पत्रकार, कलाकार लगायत धेरै सामाजिक अभियन्ताहरुले आवाज उठाउदै रुकुम हत्याकाण्डको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै आएका छन। यसैबीच सुनसरीको बराहक्षेत्र नगरपालिकामा पनि रुकुम पश्चिममा युवतीलाई विवाहका लागि भगाउन गएका जाजरकोट रानागाउँका युवा नवराज विक लगायत ६ जनालाई कुटेर हत्या गरेकोमा यहाका स्थानीय र अधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन। हत्यारालाई फासी दे, पी

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,198 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दिउँसै मैनबत्ती बालेर दलित पत्रकारहरुद्वारा रुकुम हत्याकाण्डका पिडकलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण

    धरान । पश्चिम रुकुमको चौरजहारीमा सामुहिक दलित युवाहरुको हत्या गरेको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर कानुन कार्यान्यवनमा अध्यारो कुनामा बसेको सरकारको ध्यानाकर्षण गराएका छन् । संघको केन्द्रिय समितीले जारी गरेको निर्देशन अनुसार सुनसरीको कार्यसमितीले धरान स्थित इलाका प्रशासन कार्यालयको मुल गेटमा मृत्तकहरुलाई श्रद्धान्जली दिर्दै विभेद विरुद्धको कानुनलाई अक्षरशः पालना गराउन सरकारको ध्यानाकर्षण गराएको छ । संघको निर्देशन अनुसार देशका ७७ वटै जिल्ला संगठनहरुले पायक पर्ने जिल्लाका प्रशासन कार्यालय अघि शान्तिपुर्ण विरोध प्रदर्शन गरेका छन् । संघका प्रदेश समिती सचिव रणध्व

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,343 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जाजरकोट घटना छानविन गर्न सहसचिवको संयोजकत्वमा समिति गठन

    काठमाडौं । जाजरकोटमा भएको दर्दनाक घटनाको छानविन गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचिवको संयोकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानविन गर्न समिति गठन गरिएको बताउनु भएको छ । गृहमन्त्री थापाले राष्ट्रियसभाको मंगलबारको बैठकमा त्यसबारे जानकारी गराउनु भएको हो । सहसचिव संयोजक रहेको समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिवलाई राखिएको छ । गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह युवती भगाउन रुकुम पश्च

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,206 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित संघद्वारा अन्तरजातिय विवाह गर्न खोज्‍नेको हत्यामा संलग्‍नलाई कारबाहीको माग

    काठमाडौं । नेपाली कांग्रसको भ्रातृ संगठन नेपाल दलित संघले रुकुम पश्चिम जिल्लाको चौरजहारीमा भएको हत्या घटनामा संलग्नमाथि हदै सम्मको कारबाही माग गरेको छ । दलित संघले हत्या घटनाका पिडीतलाई न्याय, क्षतिपूर्ती र सामाजिक सुरक्षाको ब्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । चौरजहारी नगरपालिका वडा नं। ८ मा अन्तरजातिय विवाह गर्न खोज्दा गाउँलेहरुले सांघातिक आक्रमणमा परी जाजरकोटको भेरी नगरपालिका वडा नं।४, रानागाउँका नवराज विकको मृत्यु भएको थियो । विकसँगै उनकी प्रेमिका ल्याउन गएका केही युवासमेत वेपत्ता रहेका बताइएको छ । दलित संघका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले प्रेस वि

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 2,261 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली सेनाका हवल्दार मेजरको मृत्यु शंकास्पद रहेको भन्दै छानबिनको माग

    सुनसरी । धनकुटाको हिलेमा कार्यरत नेपाली सेनाका हवल्दार मेजरको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले छानबिनको माग गरेका छन् । रामधुनी ३ का हवल्दार मेजर पर्शुराम भट्राईको उपचारका क्रममा बिराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो । २ नम्बर बाहिनी अड्डा हिलेमा कार्यरत रहेका भट्टराइको टाउकोमा गहिरो चोट लागेको थियो । परिवारलाई खबर नै नगरि सेनाले आफै एम्बुलेन्सबाट उनलाई विराटनगर पुर्याएको थियो । परिवारले घटना भएको ४८ घण्टा पछि मात्रै जानकारी दिएको भन्दै आफन्तजनले आपत्ति जनाउँदै सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । घटना शंकास्पद रहेकाले सत्यतथ्य जानकारी नदिए सम्म शव नबुझ्ने परिवारले बताएको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 3,225 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित युवालाई मारेर भेरीमा बगाइदिए, तीन जनाको शव भेटियो, तीन अझै बेपत्ता

    काठमाडौं । नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ। कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ। तर, अन्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको लास मात्र होइन, मानवीय संवेदना पनि भेरी नदीमा बगेको छ। गाउँलेले ढुंगामुढा गरेर लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका तीनजनाको शव फेला परेको छ, तीन अझै बेपत्

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 2,422 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीको झडपमा लागऔषध कारोबारीको मृत्यु

    लागुऔषध तस्करीहरु सँग झडप हुँदा महोत्तरी स्थित रामगोपालपुर नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको छ । लागुऔषध कारोबारमा संलग्न रहेका रामगोपालपुर ७ का राजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी र तस्करबीच नगरपालिकाको वडा नम्बर ७ सहसौलामा आइतबार राति झडप भएको थियो । उनी लागुऔषध कारोबारीसँग रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । लागुऔषध कारोबारी भनिएका त्यही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ परेको प्रहरीले जनाएको छ । लकडाउनका बेला ठूलो मात्रामा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी राति त्यस ठाउँमा गएको हो । प्रहरीले घर घेरेर लागूऔषधबारे अनु

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,193 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १४ को घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न दलित संघको माग

    धरान/ आज दिउँसो धरान १४ मा जनप्रतिनिधि सहित तीनजना मथि भएको आक्रमणको घटनाप्रति नेपाल दलित संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले विज्ञप्ती जारी गर्दै घटनाबारे स्थानिय प्रसाशन कसैको दबाव वा प्रभावमा नपरी सत्य तथ्य र निष्पक्ष छानबिन गर्न र पीडितलाई उचित क्षतिपुर्ति सहित न्याय दिलाउन र दोषीलाई कडा भन्दा कडा कार्वाहीको संघले माग गरेको छ । उक्त घट्नाप्रति संघको गम्भीर ध्यानाकर्षण र खेद प्रकट गरिएको विज्ञप्तीमा उल्लेख छ । साथै केही युवाहरुले हातहतियारसहित नेपाल दलित संघकी धरान उपमहानगर समितिका सदस्य एंव वडाकी जनप्रतिनिधि मनिषा विकसहित अन्यलाई ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भएको स

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 824 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved