जाजरकोट घटना छानविन गर्न सहसचिवको संयोजकत्वमा समिति गठन

  • जेठ १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । जाजरकोटमा भएको दर्दनाक घटनाको छानविन गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचिवको संयोकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानविन गर्न समिति गठन गरिएको बताउनु भएको छ । गृहमन्त्री थापाले राष्ट्रियसभाको मंगलबारको बैठकमा त्यसबारे जानकारी गराउनु भएको हो ।

सहसचिव संयोजक रहेको समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिवलाई राखिएको छ । गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह युवती भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा युवती पक्षकाले आक्रमण गरेको जानकारी दिनुभएको छ । २ हप्ता भित्रमा छानबिन गरी प्रतिवेदन पेश गर्न समितीलाई निर्देशन दिएको गृहमन्त्रीले बताए ।

साथै उनले छानबिनमा राज्यको तर्फबाट कुनै पनि राजनितिकरण हुने छैन् भन्ने प्रतिवद्धता जनाएका छन् ।
युवती भगाउने युवक नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको उहाँले बताउनु भयो । अन्यलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको पनि उहाँले जानकारी दिनुभयो । गृहमन्त्रीले कानुनी राज्य स्थापना गर्नेमा सरकार दृढ रहेको दावी समेत गर्नुभयो । घटनामा संलग्न १२ जना पक्राउ परेको उहाँले उल्लेख गर्नुभयो । युवतीका आमाबुबा, वडाअध्यक्ष हुन्

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved