धरान १४ को घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न दलित संघको माग

  • जेठ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ आज दिउँसो धरान १४ मा जनप्रतिनिधि सहित तीनजना मथि भएको आक्रमणको घटनाप्रति नेपाल दलित संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले विज्ञप्ती जारी गर्दै घटनाबारे स्थानिय प्रसाशन कसैको दबाव वा प्रभावमा नपरी सत्य तथ्य र निष्पक्ष छानबिन गर्न र पीडितलाई उचित क्षतिपुर्ति सहित न्याय दिलाउन र दोषीलाई कडा भन्दा कडा कार्वाहीको संघले माग गरेको छ ।
उक्त घट्नाप्रति संघको गम्भीर ध्यानाकर्षण र खेद प्रकट गरिएको विज्ञप्तीमा उल्लेख छ ।

साथै केही युवाहरुले हातहतियारसहित नेपाल दलित संघकी धरान उपमहानगर समितिका सदस्य एंव वडाकी जनप्रतिनिधि मनिषा विकसहित अन्यलाई ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भएको संघले जनाएको छ ।

वीपी काईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ईमर्जेन्सी कक्षमा उपचाररत घाईतेहरुलाई भेटेर धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाली काग्रंस धरान नगर समितिका सचिवद्वय श्याम पोख्रेल, युवराज शंकर, धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईसमेतले सीघ्र स्वास्थ्यलाभको कामना गरेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved