दलित संघद्वारा अन्तरजातिय विवाह गर्न खोज्‍नेको हत्यामा संलग्‍नलाई कारबाहीको माग

  • जेठ १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । नेपाली कांग्रसको भ्रातृ संगठन नेपाल दलित संघले रुकुम पश्चिम जिल्लाको चौरजहारीमा भएको हत्या घटनामा संलग्नमाथि हदै सम्मको कारबाही माग गरेको छ ।

दलित संघले हत्या घटनाका पिडीतलाई न्याय, क्षतिपूर्ती र सामाजिक सुरक्षाको ब्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

चौरजहारी नगरपालिका वडा नं। ८ मा अन्तरजातिय विवाह गर्न खोज्दा गाउँलेहरुले सांघातिक आक्रमणमा परी जाजरकोटको भेरी नगरपालिका वडा नं।४, रानागाउँका नवराज विकको मृत्यु भएको थियो । विकसँगै उनकी प्रेमिका ल्याउन गएका केही युवासमेत वेपत्ता रहेका बताइएको छ ।

दलित संघका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले प्रेस विज्ञप्ति जारी गरेर २१औं सताव्दीको उन्नत समाजमा समेत दलित समुदायले अन्तरजातिय प्रेम विवाह गर्न खोज्दा ज्यानै मार्ने गरी भएको घटना अत्यन्तै निन्दनिय भएको बताएका छन् ।

“नेपालको संविधान र विद्यमान कानुन बमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको कार्बाही गरि पिडीतलाई न्याय, क्षतिपूर्ती र सामाजिक सुरक्षाको व्यबस्था गर्न नेपाल दलित संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

दलित संघले घटनापछि वेपत्ता रहेका विकका साथीहरुको खोजीका लागि पनि सरकारसँग माग गरेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved