प्रहरीको झडपमा लागऔषध कारोबारीको मृत्यु

  • जेठ १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

लागुऔषध तस्करीहरु सँग झडप हुँदा महोत्तरी स्थित रामगोपालपुर नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको छ ।

लागुऔषध कारोबारमा संलग्न रहेका रामगोपालपुर ७ का राजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी र तस्करबीच नगरपालिकाको वडा नम्बर ७ सहसौलामा आइतबार राति झडप भएको थियो ।
उनी लागुऔषध कारोबारीसँग रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । लागुऔषध कारोबारी भनिएका त्यही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

लकडाउनका बेला ठूलो मात्रामा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी राति त्यस ठाउँमा गएको हो । प्रहरीले घर घेरेर लागूऔषधबारे अनुसन्धान गर्न खोज्दा तस्कर समूहले आक्रमण परेपछि झडप भएको थियो ।

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा राजनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट बरामद गरिएको प्रहरीले जनाएको छ । झडपमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा जवानद्वय रामविहारी पासवान, मनोज साह र लालबाबु यादव घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा भइरहेको प्रहरीले जनाएको छ ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved