रुकुम घटनाका पीडितले न्याय नपाए आन्दोलनमा उत्रिने चेतावनी सहित नगरपालिका लाई ज्ञापन पत्र

  • जेठ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । रुकुम पश्चिममा भएको नरसंहारको विरुद्धमा यतिबेला देशका विभिन्न स्थानहरुमा प्रदर्शन भैरहेको छ। रुकुमको चौरजहारी नगरपालिका– ८ मा अन्तरजातीय प्रेमकै कारण ६ जनाको ज्यान लिएको घटनापछि प्राध्यापक, लेखक, पत्रकार, कलाकार लगायत धेरै सामाजिक अभियन्ताहरुले आवाज उठाउदै रुकुम हत्याकाण्डको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै आएका छन।

यसैबीच सुनसरीको बराहक्षेत्र नगरपालिकामा पनि रुकुम पश्चिममा युवतीलाई विवाहका लागि भगाउन गएका जाजरकोट रानागाउँका युवा नवराज विक लगायत ६ जनालाई कुटेर हत्या गरेकोमा यहाका स्थानीय र अधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन।

हत्यारालाई फासी दे, पीडक परिवारलाई न्याय दे, उत्पीडन वर्ग एक हौं, सम्पूर्ण दलित एक हौं, नारा लगाउँदै बराहक्षेत्र नगरपालिका परिसरमा गरिएको विरोध प्रदर्शन सोही स्थानमा कोणसभामा परिणत भएको थियो। कोडसभामा नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टी लगायतका प्रतिनिधि उक्त पार्टीका दलित संगठनहरुको सहभागीता थियो। नेकपा नगर सचिव गजेन्द्र बिस्टले मृतक ६ जनाको जातीय बिभेदका कारण उत्पन्न घटनाले मृत्यु हुनु दु:खद भएकोले नरसंहारका पीडितको न्याय र पीडकलाई हदैसम्मको कारबाही हुनुपर्नेमा जोड दिए।

यसैगरी नेपाली कांग्रेस बराहक्षेत्रका सचिव खेम थापाले दलितहरु माथी भएका अत्याचार, हत्या र अपराधका घटनामा राज्यशक्ति, राजनीतिक दल र कथित उपल्ला जातिको षड्यन्त्र र दबाबका कारण पीडितले न्याय नपाउने अवस्था रहँदै आएकाले कुनै पनि राजनीतिक दबाब र प्रभावमा पार्ने काम बन्द गर्नुपर्ने बताए। बराहक्षेत्र नगरपालिकाकि उपमेयर कमला मगरले दलित युवाहरुको सुनियोजित रुपमा नृसंह हत्या हुनु राज्यको लागि एक लज्जास्पद बिषय भएको भन्दै घट्नाको निस्पक्ष छानबिन गरी हत्यामा संलग्न अपराधिहरु लाई कडा कार्वाही गरी पीडित लाई न्याय दिलाउनमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिती सफल हुनेमा बिश्वस्त रहेको बताइन।

शुक्रबार भएको बिरोध सभा संयुक्त राजनीतिक दल संघर्ष समिती बराहक्षेत्रले आयोजना गरेको थियो। समितिका संयोजक रत्न रम्तेलले रुकुमको चौरजहारीमा भएको युवाहरुको सामुहिक हत्याको घट्ना लाई कथित उपल्लो जातका मानिसहरुले दलित उपर गरेको क्रुर हत्याकाण्ड भएकोले त्यसमा संलग्न अपराधिहरु लाई मृत्यु दण्ड सम्मको सजाई गरिनुपर्ने माग गरेका थिए। पीडितले न्याय नपाए सिङ्गो दलित समुदाय आन्दोलनमा जाने समेत उनले चेतावनी दिए।

यसै घटनाको मध्यनजर गर्दै समितिका संयोजक रम्तेल सहित लंकमान बिश्वकर्मा, तिलक बिश्वकर्मा, उदय ठटाल लगाएतले बराहक्षेत्र नगरपालिका लाई ज्ञापन पत्र समेत बुझाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved