धरान/ लियो क्लब अफ धरानले ५ किलोमिटर अन्तरविद्यालय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले गतवर्षदेखि लियो दौड प्रतियोगिता आयोजना गर्न थालेको हो । प्रतियोगितामा कक्षा ८ देखि १० सम्म र कक्षा ११ देखि १२ सम्मका छात्र र छात्रा गरी ४ विधा रहने क्लबकी अध्यक्ष मोनिका श्रेष्ठले बताइन् । प्रतियोगितामा सहभागिताका लागि धरान, वराहक्षेत्र, कालाबञ्जार, चतरा, इटहरीलगायतका करिब १ हजार विद्यार्थीले फारम भरेका छन् । करिब ५ लाखको लागतमा दौड कार्यक्रम गर्ने लियो क्लब अफ धरान विजयपुरका कार्यक्रम संयोजक प्रतीक ओझाले बताए । दौडमा पहिलो हुनेले ९ हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार र मेडल प्राप्त गर्न
धरान/ बालबालिकालाई स्वस्थ्य राख्न तथा भविष्यमा लाग्न सक्ने रोगबाट बचाउन नेपाल सरकारले निःशुल्क खोपको व्यवस्था गरिएको छ । विगतमा हस्पताल गएर हैरानीपूर्वक आफ्ना बच्चाहरुलाई खोप लगाउने गरे पनि संघीयतासँगै भएको स्थानीय सरकारले वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर सहज रुपमा उपलब्ध गरेपछि भने विगतको झन्झट व्यहोर्नुपर्ने अवस्था भने छैन । संघीयता पछिको स्थानीय सरकारले सर्वसाधारणको सहुलियतका लागि धेरै कामहरु गरेका छन् । यी मध्ये स्वास्थ्य सेवा पनि पर्दछ । वडा वडामै आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर वडाबाटै धेरै सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस्ता सेवामध्ये बालबालिकालाई लाउनै प
विराटनगर/ संखुवासभाको पाँचखपन नगरपालिकामा २०६८ सालसम्म बाटोको सुविधा थिएन । सदरमुकाम खाँदबारीसँग जोड्न भर्खरै बाटोको ट्र्याक खुल्दै थियो । ट्र्याक पनि पालिकासम्म पुगेको थिएन । पालिकाको वडा नम्बर ४ र ५ मा खानेपानीको हाहाकार थियो । टिमुरे भञ्ज्याङ, खानी, अर्चलेलगायतका गाउँमा खानेपानीको समस्याका कारण गाउँ छाडेर जानेको सङ्ख्या अधिक थियो । पालिकामा उच्च शिक्षा पढाइ हुने विद्यालय थिएन । इन्टरनेट त कल्पनाभन्दा बाहिरको कुरा थियो । २०६८ बाट २०७८ सम्म आइपुग्दा पाँचखपन नगरपालिकाका सबै वडा र टोलमा बाटोको ट्र्याक खुल्यो । हिउँद र बर्खा १२ महिनै सदरमुकामसम्म जान गाडी चल्छ । हिउँदमा सबै वडाका ट
धरान/ पुरानो प्रगतिशील कलाकार धरान १६ निवासी ५० वर्षीय दिपक तिम्सिनाको झापाको दमकमा रहस्यमय मृत्यु भएको छ । तिम्सिनाको उपचारको क्रममा शुक्रबार विएनसी अस्पताल विर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले वताएको छ । कार्तिक १७ गते दमक २ स्थित सडकबाट गंभीर अवस्थामा भेटिएका उनलाई विएनसी अस्पतालमा उपचारको लागि लगिएको थियो । घट्नाको बारेमा अहिले सम्म केही थाहा नभएको र कस्ले कसरी अस्पताल पुराएको सो कुराको बारेमा अहिले सम्म खुल्न सकेको छैन । घट्नालाई मोटरसाइकल दुर्घटनासँग जोडिएको भएपनि अहिले सम्म प्रहरीले दोषी पक्राउ गर्न नसकेको परिवारले वताएका छन् । मृतकको टाउको, छाती र खुट्टामा गहिरो चोट
धरान/ सडक दुर्घटनामा परेर स्पाइनलकर्ड इन्ज्युरी भएका चालक सोम राईको औषधी उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको अभियानमा रिटायर्ड बृटिस आर्मी धरान १५ निवासी डिल्ली तुम्रोकले नगद १० हजार १ सय सहयोग गरेकाछन् । अभियानको अगुवाई गरिरहेका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई रकम हस्तान्तरण गर्दै लाइन्स अफ धरान क्यालिबरका सचिव समेत रहनुभएका तुम्रोकले संगठनले चलाएको अभियानमा सहभागी हुन पाएकोमा खुशी लागेको बताउनु भयो । चालकको उपचार बापत घोपा स्थित आमा फार्मेसीमा मात्रै १ लाख ५१ हजार ९ सय बाँकीछ, जसमध्ये सहयोगीहरु मार्फत ६३ हजार ६० रुपैया (तुम्रोकको सहय
धरान/ पश्चिम नेपालको जाजरकोट र रुकुम जिल्लाका भूकम्प पीडितहरुको राहतका लागि नेकपा एमाले धरान उपमहानगर कमिटीले बुधबार देखि सुनसरीको धरानमा राहत संकलन अभियान औपचारिक रुपमा सुरु गरेको छ । पार्टी नगर अध्यक्ष हर्कजंग एभेङका अनुसार धरान बजारदेखि राहत संकलन अभियान औपचारिक रुपमा शुरु गरिएको छ । धरानको भानुचौक हुँदै वजारका विभिन्न स्थानमा पुगेर उद्योगी व्यापारी एवम ऐच्छिक सहयोग गर्नेहरुलाई भेटेर आर्थिक रकम संकलन गरिएको हो । आर्थिक रकम संकलनका लागि पार्टीले नगर उपाध्यक्ष पारस काङमाङ राईको सयोजकत्वमा समिति बनाएको छ । अध्यक्ष एभेङले भने, ‘भुकम्पमा परी जनधनको क्षति गुमाएकाहरुको लागि धरा
पाँचथर/ पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड १९ को महामारीका समयमा जिल्ला अस्पतालमा आइसियु स्थापनाका लागि जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीले पहल थालेका थिए । दुई वर्षअघि निर्माण सम्पन्न भएको १० शैयाको उक्त आइसियु कक्ष सञ्चालन हुन नसकेपछि जिल्ला अस्पतालमा उपचार हुने बिरामी तराईका अस्पताल जान बाध्य भएका हुन् । संघीय सरकारको सहयोगमा दुई करोडको लागतमा छ वटा भेन्टिलेटर र पाँच वटा डायलाइसिस मेसिन जडान गरिएको अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार डायलाइसिस मेसिनको कात्त
इलाम/ २०७५ सालमा कालोपत्रे हुँदै गर्दा इलाम नगरपालिका ५ का मनोज लम्सालले यति छिटो यो सडक भत्किन्न छ भन्ने सोचेका थिएनन् । सडक निर्माण हुन थालेको लामो समय पछि कालो पत्रे हुने भन्ने खबरले खुसी भए पनि उनको कालोपत्रेको खुसी पाँच वर्षमा चिन्तामा परिणत भयो । इलाम नगरपालिका ५ बिब्ल्याँटे देखी माई पोखरी जाने सडक कालोपत्रे टुङ्गामा नपुगी पाँच वर्ष अघि बनेको सडक जता ततै भत्किएपछि सडकको अवस्था पुरानै हुने भन्दै चिन्तित देखिन्छन् । उनी भन्छन्, ‘निर्माणको समयमा गुणस्तरीय काम नभएकै कारण यति छिटो सडक भत्किएको हो । यो बाटोको कालोपत्रे चाँप गैरी सम्म पुग्दै गर्दा सडकको सुरुको ठाउँमा भने हिँड्न न
धरान/ बढुवा प्रक्रियाको माग गर्दै आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत चिकित्सकहरु सोमबार देखी नै काममा फर्किएका हुन् । चिकित्सकहरूको आन्दोलनले बिपी प्रतिष्ठानको ओपिडी समेत बन्द भई स्वास्थ्य सेवा प्रायः ठप्प भएको अवस्थामा आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भई उपचार सेवा सुचारु हुने भएको छ । आन्दोलनकारी चिकित्सकहरू र पदाधिकारीहरूबिच सहमति भएको पत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा आदान प्रदान भएको हो । रोकिएको बढुवा प्रक्रिया सुरु गर्न २ महिना भि
धरान/ नेपाल प्रहरी श्रीमती संघले धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको मठमन्दिर सरसफाई गरेको छ । सामाजिक कार्यमा संक्रिय संघले देशका विभिन्न ठाउँका मठमन्दिर सरसफाइसँगै धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाइ गरेको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाई गरेको छ । मठमन्दिरमा सरसफाई अभियान नै थालेको संघले दशैको अवसरमा दुर्गा मन्दिर परिषर सरसफाई गरेको थियो भने रामजानकी मन्दिर समेत सरसफाइ गरेको थियो । यसैको निरन्तता स्वस्प धरानको विजयपुरमा रहेको दन्तकाली तथा बुढासुब्बा मन्दिर सरसफाइ गरेको हो । मन्दिरमा जथाभावि जल चढ