रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सुनसरीका २८ वर्षीय युवाको मृत्यु

  • भदौ ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिका–४ दुधफारम चोकमा बुधबार राति भएको सडक दुर्घटनामा सुनसरीका एक युवकको ज्यान गएको छ ।

प्रहरीका अनुसार राति करिब साढे ८ बजे चेकजाँचका लागि रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले चेकजाँचका लागि रोकेका बेला पछाडिबाट आएको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल तीव्र गतिमा ठोक्किँदा दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका चालक चौधरीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि ट्रकसहित चालक मोरङ बुढीगंगा गाउँपालिका–१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved