विराटनगरमा रथयात्राअघि ५ भारतीय नागरिक नियन्त्रणमा

  • भदौ १, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

विराटनगर/  ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु हुनुअघि विराटनगरबाट प्रहरीले ५ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो शंकास्पद गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ परेकामध्ये २ महिला र ३ पुरुष रहेका छन्।

मोरङ प्रहरीले दिएको जानकारीअनुसार विराटनगरको सेन्ट्रल मल नजिकबाट ३ जना र महेन्द्र चोकबाट २ जनालाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर उनीहरूलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक आशंका अनुसार उनीहरू रथयात्राको भीडलाई लक्षित गरी चोरी तथा पकेटमारी गर्ने उद्देश्यले नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार रथयात्रामा हजारौं भक्तजन सहभागी हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। उनका अनुसार ड्रोन र सीसी क्यामेराजस्ता प्रविधिबाट निगरानी बढाइएको छ भने ठूलो संख्यामा हतियारधारी तथा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

यसैबीच, विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे ऐतिहासिक रथयात्रा सुरु हुँदैछ। मन्दिर परिसरमा रथ सजाउने अन्तिम तयारी भइरहेको समितिले जनाएको छ। वैदिक विधिअनुसार पूजापाठ गरी राधाकृष्णको प्रतीमा राखेर नगर परिक्रमा गराइनेछ।

यसपटक नयाँ रथ निर्माण गरी यात्रा गरिँदैछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूजाआराधना गरेपछि रथयात्रा औपचारिक रूपमा प्रारम्भ हुने जनाइएको छ। प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा यो रथयात्रा निकालिँदै आएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved