"भुकम्प २०४५"स्मरण गर्दै सचेतनाका लागि दिप प्रज्वलन

  • भदौ ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  भदौ ०५ गते धरानले हरके साल २०४५ सालको भुकम्पको स्मरण गर्दै विविध कार्यक्रम गरिन्छ ।

हरेक साल यो दिनलाई कालो दिनको रुपमा धरानले सम्झने गरेको छ । जुन दिन सन १९८८ वि.सं. २०४५ साल भदौ ५ गते विहान ५ बजे आएको विनाशकारी भूकम्पले धरान सहित सम्पूर्ण पूर्वाञ्चललाई ठूलो क्षति पुर्‍याएको थियो भने सवैभन्दा धेरै धरानमा धनजनको क्षति हुन पुग्यो ।

‘उदयपुर भूकम्प’ भनेर चिनिने यो भूकम्पको केन्द्र उदयपुर जिल्लामा रहेको भए पनि यसको ठुलो प्रभाव धरानमा पनि देखिएको थियो ।
त्यो वेला भूकम्पले देशभर ठुलो जनधनको क्षति गरेको थियो भने धरान नगर क्षेत्रका १ सय २२ जना मानिसले ज्यान गुमाएका थिए ।

भुकम्पबाट एक हजार ५सय जना घाइते भएका थिए । धरानमा त्यस बेला भूकम्पले निकै ठुलो क्षति पुर्‍याएको थियो । धरानको आवासीय क्षेत्रदेखि लिएर सार्वजनिक संरचनासम्म व्यापक क्षति पुर्‍याएको थियो । धरानमा सयौँ घर भत्किएका थिए भने अस्पताल, विद्यालय र सरकारी भवनमा समेत चिरा परेको थियो ।

धरानको इतिहासमै यो भूकम्पलाई ठूलो विपत्तिका रुपमा स्मरण गरिन्छ । यसले शहरमा सुरक्षित आवास र भूकम्प प्रतिरोधी संरचनाको महत्वबारे जनचेतना फैलाएको थियो । धरानको घण्टाघर परिसर भित्र २०४५ सालको भुकम्पमा परी मृत्यु भएकाहरुको सम्झनामा भूकम्प स्मारक बनाइएको छ ।

विहीबार धरानको भानुचौक स्थित घण्टाघर परिसरमा रहेको भुकम्प स्मारकमा धरान उपमहानगरपालिकाले दीप प्रज्वलन गरि यो दिनको स्मरण गरेका छन् ।

उपमहानगरका उप मेयर आइन्द्र विक्रम वेघा सहितका जनप्रतिनिधीहरु सचेतना कार्यक्रम गरि भदौ ५ लाई स्मरण गरेका हुन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved