स्वास्थ्य

    Showing 381-390 of 2,445 items.
  • दमकमा खोलामा बगेर ११ वर्षीय बालकको मृत्यु

    झापा/ दमक–१० जहदका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईँ खोलामा बगेर आज बिहान मृत्यु भएका छन्। स्थानीय भालुखोला तर्ने क्रममा उनी खोलामा बेपत्ता भएका थिए। प्रहरी निरीक्षक नवीन राईका अनुसार, खोलामा बगेपछि करिब आधा घण्टा लगाएर उद्धार गरी धर्मेन्द्रलाई दमकस्थित निम्स अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 498 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्दु खोलामा सतर्कता तह नाघ्यो, डुबानको उच्च जोखिम

    धरान/मंगलबार साँझदेखि लगातार परेको वर्षापछि धरानको पश्चिमी क्षेत्रमा पर्ने सर्दु खोलाको जलसतह सतर्कता सीमाभन्दा माथि पुगेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मदन–भण्डारी राजमार्गस्थित जलमापन केन्द्रमा पानीको सतह बुधबार बिहान सतर्कता तह नाघी हाल पनि निरन्तर बढ्दो क्रममा छ। जलसतह बढेसँगै आसपासका नदी तटीय बस्ती र होचा भू–भागमा डुबानको उच्च जोखिम बढेको विभागले जनाएको छ। खोला किनार र जोखिम क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र सम्भावित डुबान क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। विभागले अझै केही समय पानीको सतह बढ्ने सम्भावना रहेको चेतावनी दिँदै सरकारी

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 954 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्रउन सुगर सहित दुई युवा पक्राउ

    सुनसरी/ विशेष सूचनाका आधारमा सुनसरीको ईनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा खटिएको संयुक्त प्रहरी टोलीले दुई किशोरलाई लागूऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, जिल्ला सुनसरी ईटहरी उप–महानगरपालिका–१६ निवासी १६ वर्षीय दिपेन्द्र चौधरी र सोही नगरपालिका–७ निवासी १८ वर्षीय निरज चौधरीलाई मिति २०८२ साउन २७ गते साँझ ४:४५ बजे नियन्त्रणमा लिइएको हो। प्रहरीले कानुन बमोजिम चेकजाँच तथा खानतलासी गर्दा दिपेन्द्र चौधरीको साथबाट ब्राउन सुगर २.५० ग्राम (२ ग्राम ५० मिलिग्राम) पदार्थ फेला परेको जनाएको छ। दुवैजनालाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सु

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठानको उपकुलपति अब धरानका विक्रम श्रेष्ठ

    धरान/विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ उपकुलपतिमा धरानका हाडजोर्नी विशेषज्ञ प्रा.डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्। श्रेष्ठले नियुक्तिपत्र भने बुधबार बुझ्ने भएका छन्। सर्च कमिटीले यसपटक परम्परागत तीनको सट्टा चार जनाको नाम सिफारिश गरेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम तय भए पनि, चर्को दबाब र लविङका कारण प्रा.डा. श्रेष्ठको नाम पनि अन्तिम सूचीमा समावेश भएको हो। धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई उपकुलपतिम

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 1,042 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरायसी विवाद रक्तपातमा परिणत, एकको मृत्यु, एक घाइते

    सुनसरी/  मोरङको कानेपोखरीमा घरायसी विवादले रक्तपातको रूप लिँदा एक महिलाको मृत्यु भएको छ भने एक छिमेकी घाइते भएका छन्। कानेपोखरी गाउँपालिका–१ झरनाकुटुकी ४० वर्षीया दुर्बी सतारको पतिको कुटपिटबाट मृत्यु भएको हो। मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार आइतबार राति करिब ८ बजे ४५ वर्षीय बाबुधन सतारले पत्नी दुर्बीलाई घरायसी विवादका क्रममा कुटपिट गरेका थिए। कानमा गम्भीर चोट लागेर घाइते भएकी दुर्बीलाई तत्काल विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। तर सोमबार साँझ उपचारमै घर फर्काउने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पति–पत्नीबीचको झगडा रोक्न गएका ५० वर्षीय

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ७८ किलो गाँजा र ब्राउन सुगरसहित ४ पक्राउ

    सुनसरी/ विशेष सूचनाका आधारमा प्रहरीले आइतबार दिउँसो दुई छुट्टाछुट्टै अपरेशनमार्फत ठूलो परिमाणको लागू औषध बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ। पहिलो अपरेशनमा, बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित ५० वर्षीय मुस्ताक मियाको टिनको छानो र बाँसको बेरा भएको घरमा खानतलासी गर्दा ७८ केजी (अठ्हत्तर किलो) गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उक्त गाँजा ओसार–पसारमा संलग्न बराहक्षेत्र–६ का बलराम यादवलाई समेत पक्राउ गरिएको छ। साथै, पटेरको घारीमा लुकाइएका BR 10 AQ 55427 नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय म

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 621 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोप्य रूपमा दाहसंस्कार गरिएका दुई बालबालिकाको शव प्रहरीले उत्खनन गर्‍यो

    खोटाङ/  यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र ६ वर्षीय छोरा मेगराज जंगलभित्र मृत अवस्थामा फेला परेपछि पनि प्रहरीलाई जानकारी नदिई गोप्य रूपमा दाहसंस्कार गरिएको तथ्य बाहिर आएको छ। घटनाबारे ढिलोगरी जानकारी पाएपछि प्रहरीले आइतबार दाहसंस्कार स्थलमै पुगेर शव उत्खनन गरी अनुसन्धान सुरु गरेको हो। राम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतका अनुसार मृतक बालबालिकाको शव दाहसंस्कार गरिएको स्थानमै प्रहरीले उत्खनन कार्य सम्पन्न गरेको हो। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले दुर्घटना वा आत्महत्याजस्ता घटनामा मृत्यु भए कानुनअनुसार शव परीक्षणपछि मात्र

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान-५ बाट लागुऔषधसहित युवक पक्राउ

    धरान/ विशेष सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा धरान उपमहानगरपालिका–५ का २४ वर्षीय आशिष राई लागू औषधसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको संयुक्त टोलीले धरान -५ बस्ने दिल बहादुर राईका छोरा आशिष राईको कोठामा खानतलासी गर्दा ट्रामोल ३५९ क्याप्सुल, Dicyclomine HCL २६० ट्याब्लेट र Rerispas-20 का ११९ ट्याब्लेट बरामद गरेको जनाएको छ। बरामद लागू औषधसहित राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 763 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठान उपकुलपति काँग्रेसको भागमा

    धरान/ दलीय भागबण्डामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पद नेपाली काँग्रेसको भागमा परेको छ । अव चाडैं रिक्त रहेको प्रतिष्ठिानमा उपकुलपति पुद पुर्ती हुने संकेत देखिएको छ । सरकारले उक्त रिक्त पदमा पुर्ती गर्नको लागि ६ जनाको नाम मध्ये अन्तिम तीन जनाको नाम छनौट गरेपछि अव तीन जना मध्ये एक जना प्रतिष्ठानको उपकुलपति हुने पक्का भएको छ । सिफारिश समितिले आवेदन परेको ६ जना मध्ये अन्तिम ३ जनाको नाम सर्ट लिष्टमा छनौट गरेको छ । सिफारिश समिति निकट स्रोतका अनुसार प्रा.डा.प्रह्लाद कार्की, प्रा.डा.रोहितप्रसाद यादव र प्रा.डा.रामेश कोइराला छनौटमा परेका छन। यसअघि, सर्ट लिष्टमा प्रा.

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 796 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीलाई बलात्कार गर्ने श्रीमान जबरजस्ती करणीको अभियोगमा पक्राउ

    फिदिम/ पाँचथरको फिदिम नगरपालिका–४ बाट २७ वर्षीय एक युवक आफ्नो पत्नीमाथि बारम्बार जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित महिलाले आफ्नै श्रीमानले मादक पदार्थ सेवन गर्दै, बारम्बार झगडा, कुटपिटका साथै सहमति बिना यौन सम्पर्क गर्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। पीडित र आरोपी पति फिदिम–४ मा डेरामा बस्दै आएका थिए र उनीहरूको अढाई वर्षीया छोरी पनि छ। पीडितका अनुसार पटक–पटक चेतावनी दिए पनि श्रीमानको व्यवहार नबदलेपछि उनले कानुनी प्रक्रिया अघि बढाएकी हुन्। जिल्ला प्रहरी प्रमुख डिएसपी कौशल बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। मुलुकी अपराध संहिता २

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 504 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved