धरानमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

  • असोज १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/सुनसरीको धरान उपमहानगरपालिका–१७  स्कुटरको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार मिति २०८२ असोज ११ गते साँझ करिब ६:४० बजे रेल्वेतर्फ जाँदै गरेको प्र–१–०२–०५२ प ५१४६ नं. को स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी करिब ५० वर्षीया महिलालाई तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि लगिएको थियो।

गम्भीर घाइते भएकी ती महिलाको टाउकोमा गहिरो चोट लागेकाले अवस्था नाजुक थियोे । उपचारका क्रममा मिति २०८२ असोज १२ गते राति करिब २:३० बजे उनको मृत्यु भएको हो। मृतकको पहिचान धरान–१७ निवासी गंगा भट्टराई (५० वर्ष) भनेर खुलेको छ।

उक्त घटनामा संलग्न स्कुटर र चालक भने ठक्करपछि फरार रहेका छन्। फरार चालकको खोजी तथा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved