धरान–६ मा युवक कोठामै मृत फेला

  • असोज १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ सुनौलो बस्तीका २८ वर्षीय सुजन परियार आफ्नै कोठामा मृत फेला परेका छन्।

मंगलबार साँझ करिब ६:३० बजेतिर परियार आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा रहेको खबर प्रहरीसम्म पुगेको थियो।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रजिअ पानबारीको प्रहरी टोली प्रहरी नायब निरीक्षक दिपेन्द्र अधिकारीको कमाण्डमा घटनास्थल पुगेर सुरक्षासहित अनुसन्धान प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच, थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा SOCO टोली खटिएको थियो।

प्रहरीका अनुसार मृतकको शव आवश्यक कानुनी प्रक्रिया सम्पन्न गरी राति करिब ७:४५ बजे पोष्टमार्टमका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपातर्फ पठाइएको छ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved