स्वास्थ्य

    Showing 1,421-1,430 of 1,865 items.
  • विराटनगरमा ६० सहित प्रदेश १ मा १ सय १५ संक्रमित थपिए

    विराटनगर, २९ साउन । प्रदेश १ मा आज १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरका २२ महिला ३८ पुरुष, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 953 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा निषेधित क्षेत्र घोषणा

    धनकुटा, २९ साउन / धनकुटा नगरपालिकाका ६ वटा वडामा आज रातिदेखि लागु हुने गरी एक साता निषेधित क्षेत्र घोषणा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । संक्रमण ऐन २०२० बमोजिम आवत–जावतमा प्रतिबन्ध लगाउन धनकुटा नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा साउन २९ गते राति १२ बजेदेखि भदौं ४ गते राति १२ बजेसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम श्रेष्ठ सहितका व्यक्

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 853 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपि प्रतिष्ठानबाट १६ जना डिस्चार्ज , ८ जना थपिए

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १६ जना प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् भने ८ जना  नया संक्रमित थपिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा  ३ सय १५ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।  हाल सम्म प्रतिष्ठानमा २१२०४  पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ३ जना नयाँ भर्ति भएका छन् ।  

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 752 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोनाबाट ९ जनाको मृत्यु, १६ सय संक्रमित

    विराटनगर, २८ साउन । प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मोरंगको बुढीगंगाका २ का ५५ बर्षीय पुरुषको आज विहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । आज ४८ जना थपिएका छन् । मोरंगका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरंगको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहवीका ३ र क

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1,074 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि,६४ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ श्रावण २८ बुधबार / आज थप ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २४ हजार ४ सय ३२ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  ८७ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ७ सय २८  जना  जना रहेका छन् ।  

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 546 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुहवीमा आज थप ४ जनामा कोरोना संक्रमण

    दुहबी सावन २८ / सुनसरीको दुहवीमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरूमा दुहवी नगरपालिका वडा नं.६ का ६७ वर्षिय महिला, वडा नं. १० का ४२ वर्षिय पुरुष छन । त्यसैगरी दंगा गण दुहवीका ३५ वर्षिय पुरुष र ३२ वर्षिय पुरुष रहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशर प्रसाद महतोले बताए । त्यसैगरी दुहवी नगरपालिकाले साउन २४ गते उद्योगका २१८ मजदुरहरुको स्वाब संकलन गरिएको मध्ये आज १९७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 528 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सांसद कुसुम श्रेष्ठ सहित उनका श्रीमानलाई पनि कोरोना संक्रमण

    इटहरी । सुनसरीको इटहरीमा थप दुइ जनामा कोरोना पुष्टि भएको छ । धनकुटा घर भएकी तर इटहरीमा बस्दै आएकी प्रदेश एककि सांसद कुसुम श्रेष्ठ सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रेष्ठले आफ्नो फेशबुकबाट संक्रमण भएको सार्वजनिक गरिसकेकी छिन् ।   गत साउन २४ गते धरान स्थित एन्फा क्वारेन्टाइनमा उनको स्वाव परीक्षण गरिएको थियो । २८ गते बिहान प्राप्त रिपोर्ट अनुसार आफुलाइ कोरोना पुस्टी भएको सार्बजनिक गरेकी थिइन । उनि हाल इटहरी ४ मा बस्दै आएकि छिन् । त्यसैगरी उनकै श्रीमान् लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुवैजनाले एकैदिन एकै स्थानबाट स्वाब संकलन गरीएको थि

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 898 पटक पढिएको
    • "तेजबहादुर बन "
  • एक साता लम्बियो धरानमा लकडाउन

    धरान । कोरोनाको संक्रमण बढ्दै गए पछि धरान उपमहानगरपालिकाले थप १ साता लकडाउन घोषणा गरेको छ । आज बसेको नगरपालिका बैठकले भदौ ३ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघिको साउन २२ गतेदेखिको लकडाउनको समय आज मध्यराती १२ बजे सकिदैछ। यस्तै, बाहिरी नाकाबाट आउन खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको कार्यपालिका सदस्य तथा वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले बताए । धरान बाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको उनले बताए । उनले भने,‘धरानको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध, सब्जी सहजीकरण

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1,352 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभा सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि

    विराटनगर । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । स्वाब परीक्षणको रिर्पोट आएपछि बुधबार श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो ।सांसद श्रेष्ठका अनुसार ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ आएको बताइन । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन् । यसअघि प्रदेश १ का न्यायाधीवक्ता चुणामणी आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आईसोलेसनमा छन् ।सांसद श्रेष्ठले सामाजिक संजालमा स्टाटस लेख्दै एक सातादेखि आफूँसंग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 609 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एनवी बैँकद्धारा स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान

    भेडेटार । नेपाल बंगलादेश बैँक लिमिटेड साँगुरीगढी  शाखाले सागुरीगढी गाँउपालिका र इलाका प्रहरी कार्यालय भेडेटारलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  बैँकका शाखा प्रमुख विनम श्रेष्ठका अनुसार सागुरीगढी गाउपालिकालाई पहिलो चरणमा ८ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपलब्ध गराइएको बताए ।गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर भण्डारीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिए । यसको उपयोगिता र प्रभाबकारीकालाई हेरेर पुनः सहयोग गर्न सकिने उनले जानकारी दिए । त्यसैगरि इलाका प्रहरी कार्यालय भेडेटारमा पनि बैकले पहिलो चरणमा १६ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपल

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,724 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved