धरान । स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको विराटनगरको न्यूरोे क्रिकेट महिला खेलाडीहरूलाई पोषाक वितरण गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरोले शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना खेलाडीहरुलाई पोशााक वितरण गरेको हो । जिल्ला क्रिकेट संघ मोरङको समन्वयमा न्यूरोले १४ महिला क्रिकेट खेलाडी, टिम कोच र म्यानेजरलाई पोशाक वितरण गरेको हो । हस्पिटलकातर्फबाट मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले उनीहरुलाई पोशाक वितरण गरेका थिए । खेलप्रगित अभिरुची बढाउनुको साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला खेलाडीहरूलाई पोषाक वितरण ग
धरान/ नेपाल सरकारको स्वास्थ्य विमा बोर्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई वीमावापत दिइने रकम निकासा नहुदा वीमा सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम दिएको छैन । रकम निकासा नगरेपछि विमा सेवा बनै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै प्रतिष्ठानले बीमा बोर्डलाई वीमा वापतको रकम दिन बोर्डलाई पत्र समेत पठाइसकेको जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले विमा रकमको विषयमा बोर्डमा आफै गएर भन्दा पनि अहिलेसम्म रकम नदिएको बताए । उनले भने–‘म आफैं काठमाडौँ पुगेर भने तर
धरान । पहाडी दुर्गम जिल्लामा स्वाथ्यको पहुँच नपुग्दा अझै सर्वसाधारणले अनाहकमा ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्यमा पहुँचलाई मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिए पनि अझै दुर्गम गाउँका नागरिकले त्यसको महसुस गर्न पाएका छैनन् । केही दिन अघि महालक्ष्मी गाउँ पालिकाको वडा नं. ४ का हेमकर्ण जिमीले १९ बर्षीया छोरी पूजा जिमी ५ दिन देखि ज्वरोले थला बनाएपछि वडाको बुधबारेमा रहेको चानुवा हेल्टपोष्टमा उपचारका लागि ल्याए । यातायातको साधन चले पनि फाट्फुट्ट मात्र चल्ने भएकोले त्यस ठाउँमा अस्पतालसम्म ल्याउन गाउँलेको सहयोगमा ४ घण्टा लाग्यो । बल्लतल्ल ल्याए पनि अस्पतालमा राम्रो चिकित्सक र औषधी नभएका कारण अन्
धरान । विराटनगर स्थित आर्या न्यूरो हस्पिटलले विशेषज्ञ चिकित्सकहरुले दिने ओपिडि सेवा निशुल्क गरेको छ । छोटो समयमा गुणस्तरीय सेवाप्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो । अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जेनरल फिजियिन लगायतको ओपीडि सेवा फागुन महिना देखि निःशुल्क सुरु गरेको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । आर्यामा मष्तिक, मेरुदण्ड तथा नशारोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेवा दिदै आएका छन् । यस्तै हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवाको लागि डा. मिलन केसी, मानसिक रोग सम
धरान । विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण न्यूरोमा हाडजोर्नीको उपचारमा पछिल्लो समयमा फड्को मारेको हो । यो अस्पतालमा अहिले जोर्नी प्रत्यारोपण सम्मको उपचार हुने गरेको छ । प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट गरिन सुरु गरेको छ । काँधको शल्यक्रिया काठमाण्डौं र विदेशतिर मात्र हुने गरेको थियो । प्रदेश १ मा पहिलो पटक न्युरोमा उपचार सुरु भएको अस्पतालले जनाएको छ
काठमाडौं । यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन् । यद्यपी यौन बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौनसम्पर्क अगाडी हुने मायाको अभिव्यक्तिले यौन जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौन जीवन सुखमय छैन । हाम्रा विद्यालयमा अझै पनि यौन शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन् । लोकपथले विभिन्न एजेन्सीको सहयोगमा के
धरान । दोस्रो चौमासिकको अन्त्य सम्म पनि अनुमान गरिए अनुसार आय नभए पछि धरान उपमहानगरपालिकाले १० प्रतिशत अनुमानित आन्तरिक आय घटाउँदै विनियोजित कार्यक्रमहरु पनि कटौती गरेको छ । धरान उपमहानगरपालिकाको १० औं नगरसभाले नवौं नगरसभाले पारित गरेको चालु आर्थिक बर्षको विनियोजन ऐनमा अनुमान गरेको आन्तरिक आयतर्फ १० प्रतिशत घटाएको हो । सुनसरी उद्योग वाणिज्य संघको हलमा मंगलबार भएको दशौं नगरसभाको दोस्रो बैठकले विनियोजन ऐन २०७८ संशोधन गरि आयतर्फ १० प्रतिशत घटाउन गरेको प्रस्ताव पारित गर्दै विनियोजन गरिएको कार्यक्रमहरु पनि कटौती गरेको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार आन्तरिक आयतर्फ अनुमान गर
धरान । सुनसरीको दुहबी स्थित एक फर्ममा बर्ड फ्लु रोग देखिए पछि ८ सय भन्दा बढी कुखुरा नष्ट गरिएको छ । दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको हो । फर्ममा रहेको कुखुरामा वर्ड फ्लु रोग भएको पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण समिति सुनसरीको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । निर्णय अनुसार मंगलबार फर्ममा रहेको ८ सय बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार फर्ममा रहेको ८ सय २० वटा बोइलर कुखुरा र १५ वटा लोकल कुखुरा मारेर खाल्डोमा जलाइएको थियो । त्यस्तै, एक क्रेट अण्डा, ७
धरान । धरानमा ३ हजार ५ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बुस्टर डोज लगाउनेको संख्या उल्लेख्य रहेको बताए । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ हजार ८ सय जना र धरान उपमहानगरपालिकाले सञ्चालन गरेको खोप अभियानमा ६० वर्ष देखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधिहरू, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा अग्रपंत्तीमा खटिने जनशक्तिहरू गरी १ हजार ७ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका हुन् । उनले भने–‘कोरानाको तेस्रो लहर ओमिक्रोनको संक्
धरान । सुनसरी जिल्लामा ५ लाख ३८ हजार ३ सय १३ जनाले कोरोनाको खोप लगाए पनि पुर्ण खोप भने ३ लाख ९२ हजार ५ सय ९ जनाले मात्रै लगाउन पाएका छन् । पुर्ण खोप लगाउन अझै १ लाख ४५ हजार ८ सय ४ जना बाँकी रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार हाल सम्म खोप लगाउन लक्षित जनसंख्या मध्ये ६४ दशमलव ७४ प्रतिशतले मात्रै पुर्ण रुपमा खोप लगाएका छन् । कार्यालयले कुल जनसंख्या ९ लाख २४ हजार ४ सय ५९ मध्ये १८ वर्ष माथिका ६ लाख ६ हजार २ सय ६० जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । गत वर्षको माघ र फागुन देखि शुरु भएको कोभिड सिल्ड भ्याक्सिनको पहिलो र दोस्रो डोज लगाउनेको संख्या हाल सम्म १ लाख ११ हजार २ जना रह