आर्या न्यूरोमा निःशुल्क ओपीडि

  • फागुन ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  । विराटनगर स्थित आर्या न्यूरो हस्पिटलले विशेषज्ञ चिकित्सकहरुले दिने ओपिडि सेवा निशुल्क गरेको छ ।

छोटो समयमा गुणस्तरीय सेवाप्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो ।

अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जेनरल फिजियिन लगायतको ओपीडि सेवा फागुन महिना देखि निःशुल्क सुरु गरेको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । आर्यामा मष्तिक, मेरुदण्ड तथा नशारोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेवा दिदै आएका छन् ।

यस्तै हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवाको लागि डा. मिलन केसी, मानसिक रोग सम्बन्धीत समस्याका लागि डा. आलोक झा, जेनेरल फिजिसियन सेवाका लागि डा. राकेश कुमार मण्डलले सेवा दिदै आएका छन् । फागुन महिना देखि विशेषज्ञ चिकित्सकहरुको सेवा सुचारु गरेको अस्पतालले जनाएको छ । स्वास्थ्यको पहँुचभन्दा टाढा रहेका आर्थिक विपन्न समुदायहरुलाई लक्षित गरि आर्या अस्पतालले निःशुल्क सेवा सुचारु गरेको बताइएको छ ।

स्वाथ्य सेवामा फड्को मार्दै अगाडी बढेको आर्याले अत्याधुनिक ‘एसीटि – ५० स्लाइस सिटी स्क्यान’ उपकरण जडान गरि संचालनमा ल्याएको छ । न्यूरो सम्बन्धी भरपर्दो उपचार गर्दै आएको अस्पतालले सिटी स्क्यान संचालनमा ल्याएपछि विरामीलाई सेवा प्रवाहमा सहज भएको छ । अस्पतालले लिने सेवा शुल्कहरु पनि अन्य भन्दा कम रहेको अस्पतालको दाबी छ ।

अस्पतालले चाँडै स्वास्थ्य बीमा कार्यक्रम पनि सुचारु गर्ने भएको छ । विपन्न समुदायका विरामीलाई लक्षित गरि स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved