बोर्डले भुक्तानी नदिँदा प्रतिष्ठान समस्यामा

  • फागुन १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपाल सरकारको स्वास्थ्य विमा बोर्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई वीमावापत दिइने रकम निकासा नहुदा वीमा सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ ।
लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम दिएको छैन । रकम निकासा नगरेपछि विमा सेवा बनै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै प्रतिष्ठानले बीमा बोर्डलाई वीमा वापतको रकम दिन बोर्डलाई पत्र समेत पठाइसकेको जनाएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले विमा रकमको विषयमा बोर्डमा आफै गएर भन्दा पनि अहिलेसम्म रकम नदिएको बताए । उनले भने–‘म आफैं काठमाडौँ पुगेर भने तर बोर्डले केही गरेन, आइतबार प्रतिष्ष्ठानले बिमा बोर्डले भुक्तानी रोकेका कारण एक महिनापछि बिमा सुविधाको सेवा दिन नसक्ने अल्टिमेटसहितको पत्र बोर्डलाई पठाएको छ । पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकारलाई समेत बोधार्थ दिइएको छ ।’

प्रतिष्ठानले २०७४ सालदेखि बिमा सुविधा दिँदै आएको छ । प्रतिष्ठानका अनुसार बोर्डले प्रतिष्ठानलाई विमापावतको रकम २६ करोड रुपैया देखिएको जनाएको छ । अस्पताल निर्देशक प्रा.डा साहले प्रतिष्ठान स्वशासित संस्था भएकाले कर्मचारी, चिकित्सक तथा पदाधिकारीका लागि प्रतिष्ठान आफैँले तलबभत्तालगायतका सेवा–सुविधा उपलब्ध गराउँदै आएको बताएका छन् । उनले भने–‘आन्तरिक स्रोतले चलाउनुपर्ने प्रतिष्ठानको मुख्य आयस्रोत नै विरामीको सेवा हो । सेवाबाट उठेको रकमले प्रतिष्ठान सञ्चालन हुने गरेको छ ।’ प्रतिष्ठाने उपचारमा आउने विरामीमध्ये ६० देखि ७० प्रतिशत विमाबाट आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

उधारोमा काम गरेर प्रतिष्ठान चलाउन गाह्रो भएको अस्पतालले जनाएको छ । अहिले ५० प्रतिशत आम्दानीले मात्र प्रतिष्ठान चलाइरहेको बाँकी बिमा बोर्डमा पेन्डिङ भएको प्रा.डा. साहले बताए ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बोर्डले कुनै पनि अस्पतालको भुक्तानी नरोकेको बताए । उनले भने ‘समयमा शोधभर्नाको कागजपत्र नपठाउने अस्पतालको भुक्तानी ढिलाइ भएको हुनसक्छ। हामीले रोक्ने भन्ने चाहिँ होइन,’ नेपालका सरकारी तथा निजी गरेर ४३७ अस्पतालले बिमा सुविधा दिँदै आएका छन्। ७७ जिल्लाका ५० लाख व्यक्तिले बिमा सुविधा लिँदै आएको उनले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved