सुनसरीमा ६५ प्रतिशतले मात्रै पाए पुर्ण खोप

  • माघ २७, २०७८
  • "इसान काफ्ले"
alt

धरान । सुनसरी जिल्लामा ५ लाख ३८ हजार ३ सय १३ जनाले कोरोनाको खोप लगाए पनि पुर्ण खोप भने ३ लाख ९२ हजार ५ सय ९ जनाले मात्रै लगाउन पाएका छन् ।

पुर्ण खोप लगाउन अझै १ लाख ४५ हजार ८ सय ४ जना बाँकी रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार हाल सम्म खोप लगाउन लक्षित जनसंख्या मध्ये ६४ दशमलव ७४ प्रतिशतले मात्रै पुर्ण रुपमा खोप लगाएका छन् । कार्यालयले कुल जनसंख्या ९ लाख २४ हजार ४ सय ५९ मध्ये १८ वर्ष माथिका ६ लाख ६ हजार २ सय ६० जनालाई खोप लगाउने लक्ष्य लिएको थियो ।

गत वर्षको माघ र फागुन देखि शुरु भएको कोभिड सिल्ड भ्याक्सिनको पहिलो र दोस्रो डोज लगाउनेको संख्या हाल सम्म १ लाख ११ हजार २ जना रहेको छ । त्यसै गरि पहिलो र दोस्रो चरणको भेरोसेल लगाउनेको संख्या ४ लाख ५५ हजार ६ सय २० रहेको छ । कार्यलयले विभिन्न चरणमा गरेर पहिलो र दोस्रो चरणको खोप लगाउने कार्यक्रम संचालन गरेको थियो ।

त्यस्तै दुई चरणमा गरेर जोनसम एण्ड जोनसम लगाउनेको संख्या १ लाख २७ हजार २ सय ५२ रहेको छ । २०७८ साल भदौ महिनामा कोभिड सिल्ड÷एस्ट्राजेनको दोस्रो मात्रा लगाउनेको सङ्ख्या ३३ हजार ८ सय ९५ रहेको छ । माघ २०७७ मा पहिलो डोज लगाउनेलाई लक्षित गरी वितरण गरीएको थियो ।

त्यसैगरी कार्तिक र मसिंर महिनामा पीफीजरको पहीलो र दोस्रो मात्रा लगाउनेको संख्या ४ हजार ६ सय ४४ रहेको थियो जुन धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै वितरण गरिएको थियो ।

कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी इटहरी उपमहानगरपालीकामा १ लाख ९ हजार ३ सय ८५ जनालाई खोप वितरण भएको छ भने सबैभन्दा कम २१ हजार ३ सय ९७ जनालाई कोशी गाउँपालीकामा वितरण भएको छ । इटहरी उपमहानगरपालीकामा खोपको पुराडोज लगाउने ६५ हजार १ सय ४८ जना रहेका छन् भने पहीलो डोज मात्र लगाउने ४४ हजार २ सय ३७ जना रहेका छन् र कोशी गाउँपालीकामा १५ हजार ७ सय ३ जनाले पुरा खोप लगाएका छन् भने ५ हजार ६ सय ९४ जनाले पहिलो मात्रा मात्र लगाएका छन् । यस्तै धरानमा १ लाख १ हजार ६ सय ४ जनाले पहिलो डोज लगाएका छन् भने ६९ हजार ९ सय ५२ जनाले पुरा खोप लगाएका छन् । १८ वर्ष माथिका धरानका अझै ३६ हजार ५ सय ६७ जनाले दोस्रो चरणको खोप लगाउन बाँकी रहेको छ । कार्यालयको तथ्यांक अनुसार १२ वर्ष देखि १७ वर्ष उमेरका ११ दशमलव २७ प्रतिशतले खोप लगाएका छन् ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved