‘गाउँमा अझै स्वास्थ्यको पहुँच छैन्’

  • फागुन १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पहाडी दुर्गम जिल्लामा स्वाथ्यको पहुँच नपुग्दा अझै सर्वसाधारणले अनाहकमा ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्यमा पहुँचलाई मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिए पनि अझै दुर्गम गाउँका नागरिकले त्यसको महसुस गर्न पाएका छैनन् ।

केही दिन अघि महालक्ष्मी गाउँ पालिकाको वडा नं. ४ का हेमकर्ण जिमीले १९ बर्षीया छोरी पूजा जिमी ५ दिन देखि ज्वरोले थला बनाएपछि वडाको बुधबारेमा रहेको चानुवा हेल्टपोष्टमा उपचारका लागि ल्याए । यातायातको साधन चले पनि फाट्फुट्ट मात्र चल्ने भएकोले त्यस ठाउँमा अस्पतालसम्म ल्याउन गाउँलेको सहयोगमा ४ घण्टा लाग्यो । बल्लतल्ल ल्याए पनि अस्पतालमा राम्रो चिकित्सक र औषधी नभएका कारण अन्त्यमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान नै ल्याउनुपर्यो । हेमकर्ण भन्छन्, ‘सबै कुरा ठीक छ तर विरामी हुँदा हामीलाई अत्यन्तै समस्या हुन्छ, राम्रो उपचार गर्ने अस्पताल यहा नहुँदा धरान वा विराटनगर पुग्नुपर्ने अवस्था हुन्छ, जसले गर्दा ज्यानै जान सक्छ ।’

नगरपालिकाका सर्वसाधारणको सबैको हविगत उस्तै रहेको छ । सरकारले पूर्वाधार विकास नगरीकन नै भटाभट नगरपालिका घोषणा गरे पनि नागरिकले राज्यबाट पाउने सुविधा अझै पाउन सकेका छैनन् । धरानदेखि १ सय ५० किमीको दूरीमा धनकुटाको लेगुवा बाट त्यहाँ सम्म पुग्न ८ घण्टाभन्दा बढी दूरी पैदलै हिड्नुपर्ने बाध्यता रहेको छ । संखुवासभाको मुढे शनिवश्चरे हुदै धनकुटाको डाँडागाउँ चानुवा यात्रुबाहक बस दिनमा एक पटक मात्र जाने गर्दछ । चानुवा अस्पतालमा सामान्य उपचार बाहेक केही नहुने अस्पतालका कार्यरत अहेब मीना अधिकारी बताउँछिन् । उनी भन्छिन्, ‘सरकारले निःशुल्क दिने औषधि पनि पर्याप्त नआउने र विशिष्ट चिकित्सक नहुँदा गम्भीर प्रकृतिका विरामी हामी धरान वा विराटनगरका अस्पतालमै पठाइदिन्छौ ।’ अस्पतालमा चार जना कर्मचारी छन् । अस्पतालमा एचए प्रेमबहादुर साह, अहेव मदन अधिकारी, तेजबहादुर धौलाकोटी र अनमी मिना अधिकारी कार्यरत छन् ।

महालक्ष्मी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष भरत थापा सेवासुविधाका अभावकै कारण धेरैले ज्यान गुमाउनुपरेको बताउँछन् । उनले यहाको अस्पतालमा सामान्य ज्वरो खोकीबाहेक अन्य सामान्य उपचार मात्रै हुने भएकाले गम्भीर प्रकृतिका विरामीहरु धरान तथा विराटनगरमै पुर्‍याउनुपर्ने बाध्यता भएको बताए । उनले भने, ‘स्थानीय स्तरबाट सर्वसाधारणलाई सुविधा भएपनि विरामी पर्दाचाहि यहाँ गाह्रो छ ।’

राज्यले पूर्वाधार विकास नभएका स्थानमा समेत चार पाँचवटा गाविस मिलाएर गाउपालिका तथा नगरपालिका घोषणा गरेको छ । तर सर्वसाधारणले अझै त्यस्को महसुस गर्न सकेका छैनन् ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved