हाडजोर्नीको उपचारमा न्यूरो अस्पताल

  • फागुन ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो बनेको छ ।

अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण न्यूरोमा हाडजोर्नीको उपचारमा पछिल्लो समयमा फड्को मारेको हो । यो अस्पतालमा अहिले जोर्नी प्रत्यारोपण सम्मको उपचार हुने गरेको छ ।

प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट गरिन सुरु गरेको छ । काँधको शल्यक्रिया काठमाण्डौं र विदेशतिर मात्र हुने गरेको थियो । प्रदेश १ मा पहिलो पटक न्युरोमा उपचार सुरु भएको अस्पतालले जनाएको छ । यस्तै न्यूरोमा अर्थोस्कोपिक प्रविधीबाट, हाडजार्नी सम्बन्धी उपचार, मेरुदण्ड शल्यक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) को हुने गरेको छ । जोर्नी प्रत्यारोपणसम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथानसा रोग विशेषज्ञ डा. नवीनकुमार कर्णले बताए ।

उनले भने, ‘दुरबिनको माध्यमबाट गरिने काँधको शल्यक्रिया यो भर्खरै सुरु गरिएको सेवा हो । यो विराटनगरमा नयाँ हो, यो दुई थरीको हुन्छ, कसैलाई चोट लागेर काँधको जोर्नी खुस्किन्छ । यसरी जोर्नी खुस्कियो भने तानेर ल्याउँछौं ।’ दुइ वा दुई भन्दा बढी पटक खुस्कियो भने दुरबिनको माध्यमबाट शल्यक्रिया गरिने उनले बताए । त्यसलाई दुरबिनबाट ठाउँमा सेट गरिन्छ र ठिक हुन्छ,’ डा. कर्णले भने, ‘अर्को भनेको उमेर बढदै गयो भने सोल्जरको मसल्स च्यातिने हुन्छ । त्यसलाई पनि दुरबिनको माध्यमबाट शल्यक्रिया गरिन्छ ।’

अहिले काँधमा समस्या भएपछि शल्यक्रिया गराउन आउने विरामी पनि बढेको डा. कर्णले बताए । ‘सुरुवाती चरणमा ६ महिनामा एक पटक एक जनाको काँधको शल्यक्रिया हुने गरेको थियो । अहिले महिनामा एक जना विरामी आउने गरेका छन् । सचेतना र विरामीको सफल उपचार भएपछि यस रोगका विरामी पनि आउने गरेका छन्,’ उनले भने, ‘यसअघि काँधको शल्यक्रिया गराउन काठण्डमौ वा भारत लगायतका विभिन्न देश जानुपर्ने अवस्था थियो । न्यूरोमा प्रविधिको माध्यमबाट शल्यक्रिया सुरु भएपछि विदेश जानुपर्ने बाध्यतापनि अब हटेको छ ।’

डा. कर्ण एक दशक अघि देखि न्युरो अस्पतालमा आबद्ध भए पछि हाड जोर्नी सम्बन्धी रोगका विरामीको उपचारमा न्यूरो निरन्तर सफलता तिर अग्रसर बनेको हो । अस्पतालमा नेपाली र भारतीय बिरामीहरुले हार्डजोर्नी सेवा पाउँदै आएको अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भए सँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।

न्युरो अस्पतालमा घुँडाको प्रत्यारोपण हुन थालेपछि हालसम्म २७ वटा गरिएको छ । ६ जनाको दुवै घुँडाको शल्यक्रिया गरिएको छ । घुँडा प्रत्यारोपणका लागि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको उनले बताए । जोर्नी प्रत्यारोपण गरेपछि बिमारीहरू झन् हिंँडडुल गर्न सक्दैनन् भन्ने जनमानसमा रहेको धारणा गलत भएको उनी बताउँछन् ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved