दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न.४ मा रहेको महेन्द्र मेमोरियल ऐकडेमी दुहबीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)नामक बिमा कम्पनी संग साझेदारी गरि स्कुलमे एक कार्यक्रमको आयोजना गरि (सलिको) नाम बिमा कम्पनी इटहरी शाखाको ब्रान्च मेनेजर रमेश बाबू कार्कीले बिधालयका प्रअ निश्चल राज शाक्यलाई हस्तान्तरण तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । महेन्द्र मेमोरियल ऐकडेमी स्कुलले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बिधालयका विधार्थी, शिक्षक र कर्मचारीको लागि १ लाखको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ। विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रमम
इटहरी/ युवा उद्यमीहरुको साझा संस्था नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश र नयन एड्भरटाईजिङ् प्रालिबीच सहकार्यको लागि सम्झौता भएको छ । मंगलबार नयन एड्भरटाइजिङ प्रालि इटहरीको कार्यालयमा सम्झौता भएको हो । रोजगारीको अभावमा युवाहरू देश छाड्न बाध्य भएको अवस्थामा यो सम्झौताले भने युवाहरूलाई देशमै रोजगारीको अवसर सृजना गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ । सक्रिय युवा उद्यमीलाई सञ्चारमाध्यममार्फत प्रोत्साहन र हौसला प्रदान गर्ने नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष मुनम रिजालले बताए । ‘देशमा रोजगारी बढाउन, आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन ग
धरान/ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने महान् पर्व बडादशैँ आजबाट सुरू भएको छ।आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ। बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँ घरमा विधिपूपर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ।जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ
काठमाडौं । काठमाण्डौमा जारी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ ।उमेरको हदका सवालमा दुई पक्ष भएपछि बुधबार साँझ विज्ञप्ती जारी गरेर सम्मेलन स्थगित भएको जनाइ्रएको छ । अखिल क्रान्तिकारीका केन्द्रिय सचिब खेम रणपहेलीले दिएको जानकारी अनुसार सम्मेलनमा उमेर हदबन्दी गर्ने कि नगर्ने भन्ने सवालमा विवाद बढेपछि स्थगित गरिएको बताए । उनले भने,“नयाँ प्रतिनिधी विद्यार्थीहरुले उमेरको हदवन्दी कायम गर्नु पर्छ भनेर अडान लिए,यता पदाधिकारीहरुले भने उमेरको हदबन्दी लाउन नहुने भनेर दुई पक्षीय अडानले हाललाई स्थगित भएको छ,हेरौ के हुन्छ ?”२३ औं सम
धरान । कोशी प्रदेशमा अविरल बर्षासँगै बाढी पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसम विभागको अनुमान रहेको छ । विभागका अनुसार कोशी प्रदेशभरी आज दिनभरी नै बर्षा हुने जनाइ्रएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भू(भागमा डुबानको जोखिम हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ । सुनसरीको तरहरासँगै मोरङको केराबारी, हरैंचा, बाहुनी, उदयपुरको उदयपुरगढी, झापाको बाहुनडाँगी, दमक, अनारमणिविर्ता, इलामको कन्काई माईचुली, खोटाङ, भोजपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ ।म
धरान । धरानका निर्माण व्यवसायीहरु संगठित भएका छन् । धरानमा पहिलो पटक नेपाल निर्माण व्यवसायी संघ समिती गठन गरेसँगै व्यवसायीहरु संगठित भएका हुन । मंगलबार धरानमा निर्माण व्यवसायहरुको बृहत भेलाद्धारा व्यवसायी महासंघ कोशीका अध्यक्ष जनसेव भण्डारीको प्रमुख आतिथ्यतामा समिती गठन भएको हो ।उक्त भेलाद्धारा महेन्द्र प्रधानको नेतृत्वमा ९ सदस्य कार्य समिती बनेको छ । उक्त समितीमा प्रथम उपाध्यक्षमा उत्तम कुमार श्रेष्ठ,द्धितीय उपाध्यक्ष विजय तामाङ ,महासचिब, अशीष कटवाल,सचिव विश्वबन्धु लिङ्थेप र कोषाध्यक्षमा नारायण लिम्बूलाई सर्व सम्मत चयन गरिएको छ । सदस्यहरुमा क्रमसः प्रकाश थापा मगर,जयप्रकाश शर्मा र नरेन कुमार
धरान/ बर्षादका कारण तीन बर्ष अगाडि सम्म बर्षैनी धरानसँग सम्बन्ध विच्छेद हुने विष्णुपादुकाबासीलाई अहिले जस्तोसुकै बाढी आए पनि उनीहरुलाई कुनै त्रास छैन, खोलामा पुल निर्माण भएपछि धरान आउजाउमा समस्या छैन भने गाउँमा उत्पादन भएको कृषि सामाग्री निर्धक्क ल्याउन पाएका छन् । विगतमा बर्षाद्को समयमा विष्णुपादुका बासी त्रासमा बाच्न बाध्य थिए । धरान ११ र धरान २० जोड्ने सर्दुखोलामा पुल नहुदा खोलामा आएको बाढीले धरानसम्म आउन मुस्किल थियो, त्यसबेला विष्णुपादुका धरान उपमहानगरपालिकाभित्र परे पनि कृषि पकेट क्षेत्र विष्णुपादुकाको कृषि उत्पादन बजारसम्म ल्याएर विक्री गर्न समेत मुस्किल थियो । तर ०७८ सालमा पुल न
धरान । सुनसरीको बराहक्षेत्रको नेकपा एमालेमा महिला नेतृत्व आएको छ । सोमबार सम्पन्न भएको पार्टीको दोश्रो नगरअधिवेशनद्धारा एमाले महिला नेतृ सीता भण्डारी(पौडेल) को नेतृत्व आएको हो ।पौडेल सर्व सम्मत निर्वाचित भएकी हुन् । पौडेलको अध्यक्षतामा पदाधिकारीसहित ६५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले उपाध्यक्षमा दीपक लिम्बू, सचिवमा देवेन्द्रबहादुर विष्ट, उपसचिवमा खुल्लातर्फ प्रमोद घिमिरे र महिलातर्फ मेनुका लिम्बू निर्विरोध निर्वाचित भएको जनाइएको छ । दुई दिनसम्म चलेको नगर अधिवेशनले सर्वसम्मत नेतृत्व चयनलाई जोड दिएको एमाले केन्द्रीय लेखा आयोग सदस्य सदस्य एवम् अबिधेशन अध्यक्ष मण्डल सद
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गरेका हुन् । ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले भने, ‘यो चलचित्र हेर्न मौका मिल्यो । यसको प्रमोसनमा कोशी प्रदेश सरकारले के गर्नुपर्छ हामी तयार छौँ ।
धरान/ बिद्यार्थीहरुको अन्तरनिहीन प्रतिभाको गायन प्रतियोगिता धरानमा सम्पन्न भएको छ । धरान स्कुल सिङ्गिङ च्यालेन्ज २०८१, सिजन १ मा डिपोट सेकेन्डरी स्कुल धरान १८ का निम्तेन्जी तामाङ बिजेता बन्न सफल भए । शनिबार धरानको सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै बिजेता भएका निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा नबोदय बिद्यामन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेभने सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरे।त्यस्तै पब्लिक मा.बि