युवा उद्यमीलाई प्रोत्साहन गर्न मञ्च र एड्भरटाइजिङबीच सम्झौता

  • असोज १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ युवा उद्यमीहरुको साझा संस्था नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश र नयन एड्भरटाईजिङ् प्रालिबीच सहकार्यको लागि सम्झौता भएको छ ।

मंगलबार नयन एड्भरटाइजिङ प्रालि इटहरीको कार्यालयमा सम्झौता भएको हो । रोजगारीको अभावमा युवाहरू देश छाड्न बाध्य भएको अवस्थामा यो सम्झौताले भने युवाहरूलाई देशमै रोजगारीको अवसर सृजना गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

सक्रिय युवा उद्यमीलाई सञ्चारमाध्यममार्फत प्रोत्साहन र हौसला प्रदान गर्ने नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष मुनम रिजालले बताए ।

‘देशमा रोजगारी बढाउन, आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ,’ रिजालले भने, ‘अहिलेको समयमा युवालाई प्रोत्साहन गर्ने महत्वपूर्ण माध्यम सञ्चारमाध्यम नै हो ।’

उनले युवा उद्यमीलाई विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न सरकारी नीतिबाटै सहजीकरण र प्रोत्साहन गर्न सञ्चारमाध्यमबाट दबाब सिर्जना गर्नुपर्ने जनाए ।

सम्झौता अनुसार उद्योग परिसंघले युवा उद्यमीले गरेका उदाहरणीय कार्य, संघर्षका चरण, प्रगतिलगायतका भावी पुस्तालाई सन्देश हुने सकारात्मक सन्देश नयन एड्भरटाईजिङ् प्रालिद्दारा सञ्चालन प्रदेश खबर डट कममार्फत प्रकाशन गरिनेछ ।

एड्भरटाइजिङका अध्यक्ष तथा प्रदेश खबर डटकमका सम्पादक पवन अधिकारी र सस्थाका अध्यक्ष रिजालबीच उक्त सहमति पत्रमा हस्ताक्षर भएको छ ।

अधिकारीले युवा उद्यमीहरूलाई सञ्चारमार्फत जोड्न पाउनु हर्षित भएको बताए । उनले देशमै सकारात्मक सोचसहित नयाँ र रचनात्मक काम गर्न चाहने युवाहरुलाई उक्त सम्झौता कोशेढुंगा साबित हुने दाबी गरे ।

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved