अखिल क्रान्तिकारीमा उमेरको हदबन्दी,नयाँ विद्यार्थी प्रतिनिधी र पदाधिकारीवीच आ –आफ्नै अडान

  • असोज १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं । काठमाण्डौमा जारी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ ।
उमेरको हदका सवालमा दुई पक्ष भएपछि बुधबार साँझ विज्ञप्ती जारी गरेर सम्मेलन स्थगित भएको जनाइ्रएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय सचिब खेम रणपहेलीले दिएको जानकारी अनुसार सम्मेलनमा उमेर हदबन्दी गर्ने कि नगर्ने भन्ने सवालमा विवाद बढेपछि स्थगित गरिएको बताए । उनले भने,“नयाँ प्रतिनिधी विद्यार्थीहरुले उमेरको हदवन्दी कायम गर्नु पर्छ भनेर अडान लिए,यता पदाधिकारीहरुले भने उमेरको हदबन्दी लाउन नहुने भनेर दुई पक्षीय अडानले हाललाई स्थगित भएको छ,हेरौ के हुन्छ ?”
२३ औं सम्मेलनमा उमेर हद, विधान र प्रतिवेदन पारितल गायतका विषयमा विवाद सिर्जना भएपछि सम्मेलन नै स्थगित गरिएको अध्यक्ष मण्डलले जानकारी गराएको छ ।

अध्यक्ष मण्डलले दशैंको सम्मुखमा सम्पूर्ण कार्यहरु सकेर निर्वाचनका सबै प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सम्मेलन स्थगित गर्न उचित र श्रेयष्कर भएको निष्कर्ष सहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय भएको जनाइएको छ ।
सम्मेलन सुरु भइसकेपछि उमेर हदको विषय उठेपछि सम्मेलनमै विवाद, झडप निरन्तर भइरहेका थिए ।

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved