अखिल क्रान्तिकारीमा उमेरको हदबन्दी,नयाँ विद्यार्थी प्रतिनिधी र पदाधिकारीवीच आ –आफ्नै अडान

  • असोज १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं । काठमाण्डौमा जारी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ ।
उमेरको हदका सवालमा दुई पक्ष भएपछि बुधबार साँझ विज्ञप्ती जारी गरेर सम्मेलन स्थगित भएको जनाइ्रएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय सचिब खेम रणपहेलीले दिएको जानकारी अनुसार सम्मेलनमा उमेर हदबन्दी गर्ने कि नगर्ने भन्ने सवालमा विवाद बढेपछि स्थगित गरिएको बताए । उनले भने,“नयाँ प्रतिनिधी विद्यार्थीहरुले उमेरको हदवन्दी कायम गर्नु पर्छ भनेर अडान लिए,यता पदाधिकारीहरुले भने उमेरको हदबन्दी लाउन नहुने भनेर दुई पक्षीय अडानले हाललाई स्थगित भएको छ,हेरौ के हुन्छ ?”
२३ औं सम्मेलनमा उमेर हद, विधान र प्रतिवेदन पारितल गायतका विषयमा विवाद सिर्जना भएपछि सम्मेलन नै स्थगित गरिएको अध्यक्ष मण्डलले जानकारी गराएको छ ।

अध्यक्ष मण्डलले दशैंको सम्मुखमा सम्पूर्ण कार्यहरु सकेर निर्वाचनका सबै प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सम्मेलन स्थगित गर्न उचित र श्रेयष्कर भएको निष्कर्ष सहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय भएको जनाइएको छ ।
सम्मेलन सुरु भइसकेपछि उमेर हदको विषय उठेपछि सम्मेलनमै विवाद, झडप निरन्तर भइरहेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved