एमाले बराहक्षेत्रमा महिला नेतृ सीता भण्डारी ,पदाधिकारी सहित सबै सर्वसम्मत " बराहक्षेत्रमा पार्टीको गुमेको विरासत फर्काउने दाबी "

  • असोज १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरीको बराहक्षेत्रको नेकपा एमालेमा महिला नेतृत्व आएको छ । सोमबार सम्पन्न भएको पार्टीको दोश्रो नगरअधिवेशनद्धारा एमाले महिला नेतृ सीता भण्डारी(पौडेल) को नेतृत्व आएको हो ।पौडेल सर्व सम्मत निर्वाचित भएकी हुन् ।
पौडेलको अध्यक्षतामा पदाधिकारीसहित ६५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले उपाध्यक्षमा दीपक लिम्बू, सचिवमा देवेन्द्रबहादुर विष्ट, उपसचिवमा खुल्लातर्फ प्रमोद घिमिरे र महिलातर्फ मेनुका लिम्बू निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

दुई दिनसम्म चलेको नगर अधिवेशनले सर्वसम्मत नेतृत्व चयनलाई जोड दिएको एमाले केन्द्रीय लेखा आयोग सदस्य सदस्य एवम् अबिधेशन अध्यक्ष मण्डल सदस्य डिबी शाहसंकरले बताए ।

उनले भने,“नयाँ कमिटीको नेतृत्वले सिंगो बराहक्षेत्रमा पार्टीको गुमेको विरासत फर्काउने छ,नेतृत्व जुझारु र सक्षम आएको छ,एमालेले महिलाको नेतृत्वलाई प्राथमिकतामा राखेको यो सन्देश पनि हो।”
को हुन महिला नेतृ सीता पौडेल ?
बराहक्षत्रे २ निवासी सीता पौडेलको राजनीति पृष्ठभुमि नै हो । एमालेको राजनीतिबाटै आज सिंगो बराहक्षेत्रको नगर कमिटीको नेतृत्वमा पुगेकी हुन् । उनी यसअघि पार्टीको नगरमा उपाध्यक्ष हुँदै कार्य बाहक अध्यक्ष बनेर अहिले कार्यकारिणी अध्यक्ष बन्न सफल भएकी छिन् ।

बराहक्षेत्रमा राजनीतिक नेतृ , सहकारी अभियान्ता र समाजसेवीको रुपमा पनि उक्तिकै परिचित रहेकी छिन् ।उनी तत्कालिन बराहक्षेत्र गाविस अध्यक्ष दल बहादुर पौडेलको श्रीमती पनि हुन् ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved