पुल बन्यो,धरानसँग सीधै सम्पर्क बढ्यो उत्पादन गरेको कृषि सामाग्री सहजै धरान आइपुग्छ "गोविन्द बस्नेत"

  • असोज १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बर्षादका कारण तीन बर्ष अगाडि सम्म बर्षैनी धरानसँग सम्बन्ध विच्छेद हुने विष्णुपादुकाबासीलाई अहिले जस्तोसुकै बाढी आए पनि उनीहरुलाई कुनै त्रास छैन, खोलामा पुल निर्माण भएपछि धरान आउजाउमा समस्या छैन भने गाउँमा उत्पादन भएको कृषि सामाग्री निर्धक्क ल्याउन पाएका छन् ।

विगतमा बर्षाद्को समयमा विष्णुपादुका बासी त्रासमा बाच्न बाध्य थिए । धरान ११ र धरान २० जोड्ने सर्दुखोलामा पुल नहुदा खोलामा आएको बाढीले धरानसम्म आउन मुस्किल थियो, त्यसबेला विष्णुपादुका धरान उपमहानगरपालिकाभित्र परे पनि कृषि पकेट क्षेत्र विष्णुपादुकाको कृषि उत्पादन बजारसम्म ल्याएर विक्री गर्न समेत मुस्किल थियो ।

तर ०७८ सालमा पुल निर्माण सम्पन्न भएपछि भने विष्णुपादुकाबासी निर्धक्क छन्, सहिजै धरान आउजाउ गर्न सक्छन् र बर्षाद्को समयमा पनि उत्पादन गरेको कृषि सामाग्री समेत विक्री गर्न पाउँछन्

१२१ मिटर लम्बाइको उक्त खोलामा पक्की पुल बनेपछि विष्णुपादुकाबासी हर्षित छन् । नजिकै जंगल भएकोले धरान १७ र ११ बासीलाई पनि वस्तुभाउलाई घास दाउँरा गर्दा समेत सहज भएको छ । यो पुल निर्माणपश्चात धरान ११, १७ र २० का सर्वसाधारणलाई अत्यन्तै सहज भएको स्थानीय वमबहादुर राई बताउँछन् ।

विगतमा बर्षादका समयमा भारी बोकेर खोला तार्नुपर्ने, विद्यालय जाने विद्यार्थीहरुलाई विद्यालयसम्म जानसमेत समस्या हुने भए पनि तीन बर्षदेखि सर्दु खोलामा आएको बाढीले विष्णुपादुकाबासीलाई कुनै समस्या नभएको धरान २० विष्णुपादुकाका स्थानीय मानबहादुर राई बताउँछन् ।

विगतमा पुल नहुदा खोलाबाटै सवारी साधन लानुपर्ने अवस्था थियो, त्यसबेला खोलामा सवारी साधन फस्ने समस्या थियो । तर यो पुल निर्माणपश्चात सवारी चलाउन अत्यन्तै सहज भएको चालकहरु बताउँछन् ।

धरान १८मा नेपालकै ठूलो अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ तर विष्णुपादुकाका विरामी बीपी क्याम्पसम्म ल्याउन धेरै मुस्किल थियो ।

कतिपयले त समयमै उपचार नपाएर मृत्युवरण समेत गरेका थिए । धरान उपमहानगरपालिकाभित्रै पर्ने २० नं. वडा उपमहानगरपालिका हो कि होइन भन्ने सम्म भान हुन्थ्यो तर यो पुल निर्माण सम्पन्न भएपछि भने सहज भएको धरान २० का पूर्व वडाध्यक्ष मणिराम राई बताउँछन् ।

सो पुल ८ करोड ४० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो । २०७४ सालमा कार्की बन्धु कन्ट्रकसनले ठेक्का लिएको थियो ।

दुई बर्षभित्रमा बन्नुपनै पुल कोरोनाको कारण ढिला भएको थियो । विगतमा यस खोलामा पुल नहुदा धरानको धार्मिक पर्यटकीय स्थल विष्णुपादुका पुग्न समस्या हुदैं आएको थियो ।

अहिले भने विष्णुपादुबासीले त्यस्तो समस्या भोग्नुपरेको छैन भने धार्मिक पर्यटकीय स्थल सवारी साधन लिएर जाने सर्वसाधारणलाई समेत सहज ढंगबाट विष्णुपादुका मन्दिरसम्म जान सहज भएको छ ।

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved