धरान स्कुल गायनको च्याम्पियन निम्तेन्जी

  • असोज १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बिद्यार्थीहरुको अन्तरनिहीन प्रतिभाको गायन प्रतियोगिता धरानमा सम्पन्न भएको छ ।

धरान स्कुल सिङ्गिङ च्यालेन्ज २०८१, सिजन १ मा डिपोट सेकेन्डरी स्कुल धरान १८ का निम्तेन्जी तामाङ बिजेता बन्न सफल भए ।

शनिबार धरानको सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै बिजेता भएका निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उक्त प्रतियोगितामा नबोदय बिद्यामन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेभने सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरे।त्यस्तै पब्लिक मा.बि.फुस्रेका ह्यापिसन लिम्बू थर्ड रनर अप भए।

उनले १ हजार ५ सय नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

सब टाईटल तर्फ हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी निवा प्रेमी लिम्बुले बेष्ट पफमेन्सको उपाधी पाइन भने केके इन्टरनेसनल स्कुलकी कृषा रामदामले बेस्ट भोकलको उपाधी जितिन भने नेपाल पुलिस स्कुलकी खुशिका दाहालले मोस्ट डिसिप्लिनको उपाधी हात पारिन।

ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी स्मृति बस्नेतले मस्ट एक्टिभको उपाधी प्राप्त गरिन भने मेलोडियस भोइसको उपाधी डिपोट सेकेन्डरी स्कुलकी शोनिम बिश्वकर्माले जितिन।

यसैगरी जेनिथ इङ्लिस स्कुलका इस्मान बिश्वकर्माले मोस्ट पङ्चुअलको उपाधी जिते भने बेस्ट सङ सेलेक्सनको उपाधी बुद्ध आदर्श बोर्डिङ स्कुलकी सुम्निमा राईले हात पारिन।

शिक्षा सन्देस सेकेन्डरी स्कुलका लब्युस धमला र स्मृति राईले क्रमशस्बेस्ट रिदम र इन्करेजमेन्ट अवार्ड हात पारे। देउराली चिल्ड्रेन एकेडेमीका पावल देवानले बेस्ट प्रेजेन्टेसनको उपाधी जिते भने सुमाखरी एकेडेमीकी जेशिका राईले फर्फेक्ट पिचको उपाधी हात पारिन।

प्रतियोगीताका बिजेता र सब टाईटल बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उप महानगरपालिकाका उप प्रमुख अइन्द्र बिक्रम बेघा, स्कुल सिङ्गिङ च्यालेन्जका सल्लाहकार एबम महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेस बिद्रोही, कार्यक्रमका सभाध्याक्ष हिमाल कार्की, किरातेश्वर मा.बिका प्रधानाध्यापक डा।योगेन्द्र पालुङ्वा लगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

भदौ १९ गते भएको पहिलो अडिसन भएको थियो ।धरान भरिका विभिन्न २८ बिद्यालयका ५१ जना प्रतिष्पर्धी मध्येबाट नै फाइल राउण्डमा प्रतिष्पर्धा गराइएको थियो । उक्त गायन प्रतियोगिता र्याडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको हो ।

तस्बिरहरु:

ride rrr redic rr rediv re

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved