शिक्षा

    Showing 571-580 of 1,318 items.
  • इटहरीमा निर्घात विद्यार्थी कुटिए, अभिभावकलाई धम्की

    इटहरी/ वुधबार इटहरीको एक नीजि विद्यालयमा विद्यार्थी निर्घात कुटिएका छन भने अभिभावकलाई धम्की दिएको छ । शिक्षादीप बोर्डिङ स्कुल इटहरी १६ मा रहेको शिक्षकले १४ वर्षिय विद्यार्थीमाथि बुधबार निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थी अंसल बुढाथोकीको शरीरका विभिन्न भागमा निलडाम बसेको छ । साँझ स्थानिय मेडिकलमा प्राथमिक उपचार गरिएका बुढाथोकीलाई अहिले दुःखाइ बढेपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको उनका ठूलोबुवा राजनले जानकारी दिए । गणित पढाउने शिक्षक पुर्णप्रसाद पोख्रेल (पीपी पोख्रेल) ले हात, ढाड तथा नितम्बमा कुटेको राजनले बताएका छन् । पहिलो घण्टीमा होमकर्व नगरे

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 494 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई स्पिकरको अन्तिम चरणमा १५ जना

    धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर’ को चौथो शृङ्खलाको सेमी फाइनलबाट उत्कृष्ट १५ जना सहभागीहरू छानिएका छन् । उनीहरूले अन्तिम चरणमा प्रवेश गरेका छन् । मङ्गलबार सम्पन्न सेमी फाइनलका लागि ‘लागूऔषध दुव्र्यसन : चुनौती र समाधानका उपाय’, ‘ट्राफिक नियम उल्लङ्घन : चुनौती र समाधानका उपाय’, ‘जलवायु परिवर्तन : चुनौती र समाधानका उपाय’ र ‘विद्यार्थी र देशको भविष्य’ गरी चारवटा शीर्षकहरू दियउको थियो । सहभागीहरूलाई यी चार शीर्षकमध्ये आफुले रोजेको कुनै एक शीर्षकमा बोल्न दिइएको थियो । सहभागी १९ मध्ये चारजना सेमी फाइनलबाट बाहिरिएका छन् ।  प्रतिय

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 289 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको नडाहामा बराह एसईई कप हुने

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित नडाहमा एसईई कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । कक्षा १० अर्थात एसईईको परीक्षा दिएर बसेका छात्रहरुलाई केन्द्रित गरेर स्थानीय  स्थानीय स्काई ईङ्लिस स्कुलको संरक्षणमा रहेको स्काई फुटबल एकेडेमिले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय एभरेस्ट फुटबल क्लबको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरीमा रहेका २२ वटा संस्थागत तथा सामुदायिक बिद्यालयले प्रतियोगितामा सहभागिता जनाउने आयोजक स्काई फुटबल एकेडेमीका प्रशिक्षक सुमन कार्कीले बताए । एसईई परीक्षा दिएर बसेका बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता जेठ १९ गतेबाट सुरु भएर असार

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 366 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वास्थ्यमा केन्द्रबाट उपचार गराउँदै स्थानीय सरकार

    धरान/ स्थानीय सरकारको माहतहतमा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट सर्वसुलभ ढंगबाट उपचार गराउन पाएकोमा सर्वसाधारणले खुशी व्यक्त गरेका छन् । अत्यावश्यक नागरिकले पाउने अधिकार स्वास्थ्य उपचार स्थानीय सरकारको वडा वडाबाटै गर्न थालेपछि हर्षितमात्र हैन विविध बर्षौदेखि उपचार गराउन नपाउनेहरुले समेत राहत महसुस गरेका छन् । धरान ८ की ५५ बर्षीया विमला गुरुङ धरान ८ स्थित रहेको आधारभूत स्वास्थ्य केन्द्रमा उपचार गराउन पुग्दा हर्षित मुद्रामा थिइन् । मंगलबार वडाले पाठेघरसम्बन्धी मुखको क्याम्पसको सेम्बुल दिएकी उनले फेरि वडाले एजडिसीसँग समन्वय गरेर रगतको माध्याबाट ‘होलबडी चेकअप’ गर्न पाएको प्रत

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 295 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पान मोरङको अध्यक्षमा काफ्ले

    विराटनगर/ सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरूको छाता संगठन (पान) मोरङको प्रथम अबिधेशनले नया कार्यसमिति चयन गरेको छ । साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको छ । पानले आगामी गतिविधिहरु पालिका स्तरसम्म पुर्याउने समेत जनाएको छ । यो संस्थाले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सञ्जालीकृत कार्यक्रमहरू गरेर प्रधानाध्यापकको क्षमता विकास र प्रशासनिक दक्षतामा केन्द्रित गर्न समेत निर्णय गरेको छ । भेला कबीर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक तथा पानका संयोजक छत्रपति दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । कोशी प्रदेश सरकारका सामाजि

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 244 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला ट्राफिक प्रहरीलाई महिनावारीको बेला ४ दिन बिदा

    काठमाडौं / सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा ४ दिनसमम ट्राफिक प्रहरीलाई छुट्टी दिने घोषणा गरेका छन् । लामिछानेलले मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने पनि घोषणा गरेका छन् । यसअघि महिला प्रहरीलाई महिनावारीको समयमा छुट्टी दिने व्यवस्था गरिएको थिएन ।गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 177 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आर्थिक वर्ष २०८१/८२ को वजेट हाल सम्मकै ठूलो बजेट,६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

    काठमाडौं/ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरेका हुन् । अर्थमन्त्री पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 396 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिरीजंगा विश्व विद्यालय वनाउन माग

    धरान/ लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कोशी प्रदेशले सिरीजंगा विश्वविद्यालय बनाउन माग गरेको छ । महासंघले आइतबार कोशी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण सहित कार्यक्रम र वजेट माग गर्दै सिरिजंगा विश्व विद्यालय वनाउन माग गरेको हो । महासंघका अध्यक्ष हरि थुलङ र सचिव पशुपति राई(नुलाम) ले मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटर उक्त विश्व विद्यालय वनाउनको लागि माग गरिएको छ ।  ध्यानाकर्षण पत्रमा भनिएको छ,‘कोशी प्रदेशभरी वसोवास गर्ने याक्थुङ(लिम्वू) राई(सो अन्र्तगत पर्ने करिव १२ भाषिक समुदाय) सुनुवार र हायू लगायत आदिवासी जनजातीहरुको मातृभाषाहरुको लिखित अभिव्यतिmको एकमात्र माध्यम

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    धरान/ आज जेठ १५ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 196 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोजाइमा बेतका सामानहरु : बेत पाउनै मुस्किल

    धरान/ धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री सुरु गरेको साढे चार दशक बित्यो । भारतको सिलगुढीसम्म पुगेर बेत ल्याउने र त्यसैबाट बनेका सामान बिक्रीबाट उनले घरखर्च चलाइरहेका छन् । “साढे चारदशक भयो, बेतका सामान बनाउने र बिक्री गर्दै आएको छु”, तामाङले भने, “यसको बजार अहिलेसम्म राम्रो छ । धरानमै बिक्री गर्दा पनि व्यापार फस्टाएको छ ।” उनका अनुसार अहिले पनि मासिक ३५ हजारसम्म मजाले बचाउन सकिन्छ । उनका अनुसार पछिल्लो समय बेतबाट बनेका डोका, डाला, नाङ्लोलगायतका सामानसँगै फर्निचरमा पनि मानिसको आकर्षण बढिरहेको छ । “पहिले डोका,

    • प्रकाशित मितिः जेठ १४, २०८१
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved