परीक्षा सकिएको महिना दिनपछि मात्रै सुरु कापी परीक्षण, बोर्ड दबाबमा

  • वैशाख २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ढिलो भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डले तीव्रता दिएको छ।

बोर्डले अब परीक्षा नतिजा असार महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित देशभर परीक्षण कार्यलाई अगाडि बढाइरहेको छ।

बोर्डका अनुसार मुलुकभरका ५० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ। जसमध्ये काठमाडौँ, भक्तपुर र ललितपुरमा एक–एक वटा केन्द्र सञ्चालनमा छन्। यस वर्ष कूल ५ लाख १४ हजार थान उत्तरपुस्तिका परीक्षण गर्नुपर्नेछ।

समयको दबाबका कारण बोर्डले परीक्षक शिक्षकको सङ्ख्या उल्लेख्य रूपमा बढाएको छ।

विगतमा दैनिक अधिकतम १० हजार शिक्षक परीक्षणमा खटाइने गरिन्थ्यो भने अहिले न्यूनतम १५ हजार शिक्षक परिचालित गरिएका छन्।

परीक्षा नियन्त्रण महाशाखाका प्रमुख डा. गणेश भट्टराईका अनुसार, यो वर्ष विगतको तुलनामा धेरै शिक्षकलाई अभिमुखीकरणसमेत गरिएको छ। एक जना शिक्षकले दैनिक औसतमा १०० वटा उत्तरपुस्तिका परीक्षण गरिरहेका छन्।

“शिक्षकहरू दिउँसोको समयमा विद्यालयमा पढाउन जानुपर्ने भएकाले बिहान र साँझको अतिरिक्त समयमा परीक्षण गरिरहेका छन्,” डा. भट्टराईले बताउनुभयो। भक्तपुरको केन्द्रमा त बिहान ४ बजेदेखि स्कुल सुरु नहुन्जेलसम्म र साँझ ११ बजेसम्म परीक्षण कार्य भइरहेको छ।

बोर्डले सबै केन्द्रबाट दैनिक परीक्षण प्रगति विवरण संकलन गरिरहेको छ। हालसम्म देशभर औसतमा ३० प्रतिशत उत्तरपुस्तिका परीक्षण सकिएको छ भने केही जिल्लामा यो दर ६० प्रतिशत पुगेको छ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा चैत २० गतेदेखि वैशाख १७ गतेसम्म आन्दोलन चलेको थियो। आन्दोलनले उत्तरपुस्तिका परीक्षणको काम करिब एक महिनाले ढिलो भएको हो।

१७ गते सरकारले शिक्षकसँग सहमति गरेपछि शनिबारदेखि परीक्षण कार्य सुरु भएको हो।

राष्ट्रिय परीक्षा बोर्डको योजना अनुसार परीक्षा सकिएको तीन महिनामा नतिजा प्रकाशन गर्ने तयारी थियो।

त्यसअनुसार कापी परीक्षण सुरु भएको भए असार ७ गते आसपास नतिजा सार्वजनिक हुने तालिका थियो। यद्यपि परीक्षणमा भएको ढिलाइका कारण नतिजा प्रकाशन प्रक्रिया चापमा परेको छ।

परीक्षणपछि नतिजा तयारीमा झन्डै एक महिना लाग्ने बोर्डले जनाएको छ। साथै, बोर्डमा प्राविधिक जनशक्तिको अभावका कारण पनि नतिजा प्रकाशन प्रभावित हुने जोखिम देखिएको छ।

-गोरखापत्र दैनिकबाट 

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved