धरानमा मिसेस स्टेट २०२५ सिजन थ्रीको तेस्रो अडिसन सम्पन्न

  • वैशाख २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  वुमन्स वर्थ ग्रुप (डब्लु डब्लु जि) को आयोजनामा यही जेठ १७ गते हुने मिसेस स्टेट २०२५ सिजन थ्रीको तयारीस्वरूप कोशी प्रदेशस्तरीय तेस्रो अडिसन शनिबार धरानमा सम्पन्न भएको छ।

पुतलीलाइनस्थित चौथो रेस्टुरेन्टको हलमा सम्पन्न अडिसनमा गृहिणी महिलालाई लक्षित प्रतियोगितामा ९ जनाले सहभागिता जनाएका थिए। यसअघि सम्पन्न दोस्रो अडिसनमा ७ जना सहभागी थिए।

कार्यक्रम वुमन्स वर्थ ग्रुपकी सचिव ज्योति राईको अध्यक्षतामा सम्पन्न भएको थियो। अडिसनमा निर्णायकको भूमिकामा महिला उद्यमी तथा झुनाज फिटनेसकी प्रो. झुना राई, युएन कलेज होटल म्यानेजमेन्ट विभाग संयोजक तथा नेपाली रैथाने खानाका अनुसन्धानकर्ता गगनमान श्रेष्ठ र कोरियोग्राफर डिजे ललित राई रहेका थिए।

कोरियोग्राफर डिजे ललितले मिसेस स्टेट सिजन थ्रीको अवधारणा र तयारीबारे सहभागीलाई जानकारी गराएका थिए।

धरान, इटहरी, धनकुटा, संखुवासभा लगायतका स्थानबाट सहभागी भएका अडिसन उत्तीर्ण अभ्यर्थीहरूको लागि आगामी सोमबार ‘प्यारेन्ट्स मिट’ कार्यक्रम आयोजना गरिने वुमन्स वर्थ ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठले जानकारी दिइन्। सो कार्यक्रममा सहभागी र उनका अभिभावकलाई मिसेस स्टेट कार्यक्रमबारे विस्तृत जानकारी प्रदान गरिनेछ।

ग्रान्ड फिनाले जेठ १७ गते शनिबार धरान-१६ स्थित गुरुङ बिबिक्यु पार्टी प्यालेसमा हुनेछ। विजेताले नगद ५१ हजार रुपैयाँ, क्राउन, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ।

फस्ट रनरअपले नगद २५ हजार रुपैयाँ, सेकेन्ड रनरअपले १५ हजार रुपैयाँसहित क्रमशः क्राउन, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

त्यस्तै, मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटी, मिसेस ब्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस बेस्ट वाक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस एक्टिभ र पिपल्स च्वाइस अवार्ड विजेताले ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

misss miss mi

तस्बिर: विकास चाम्लिङ राई

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved