बृहत्तर वराहक्षेत्र विकास समितिमा पदाधिकारीद्वारा पदभार ग्रहण संगम बिष्ट

  • वैशाख २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ बृहत्तर वराहक्षेत्र विकास समितिका नव नियुक्त पदाधिकारीहरूले बुधबार पदभार ग्रहण गरेका छन्।

चतरास्थित समितिको कार्यालयमा आयोजित समारोहमा अध्यक्षसहितका पदाधिकारीहरूले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

समितिको स्थापना २०६६ सालमा नेपाल सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा गरिएको हो। हाल यो समिति कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत कार्यरत छ।

समितिको उद्देश्य सुनसरीको वराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका, उदयपुरको बेलका नगरपालिका तथा धनकुटाको साँगुरीगढी र सहिदभूमि गाउँपालिकाभित्र रहेका धार्मिक क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन गर्नु हो।

पदभार ग्रहण कार्यक्रममा सुनसरी जिल्ला समन्वय समिति सभापति राजन मेहता, उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्मा, धनकुटाका प्रमुख निरेन तामाङ, वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, बेलका नगरपालिका प्रमुख अशोक कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, उदयपुरका प्रजिअ प्रेम प्रसाद लुईटेल, प्रदेश सरकारका अधिकारीलगायतको उपस्थिति रहेको समितिका लेखापाल गौरी रायले जानकारी दिए।

उनका अनुसार पदभार ग्रहणलगत्तै समितिको पहिलो बोर्ड बैठकसमेत सम्पन्न भएको छ। बैठकले आगामी योजना, कार्यक्रम र कार्ययोजनासम्बन्धी निर्णयहरू गरेको छ।

कोशी प्रदेश सरकारको ३९औं मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार वराहक्षेत्र नगरपालिका–२, चतरा बजार निवासी प्रकाश बस्नेत समितिको अध्यक्ष नियुक्त भएका हुन्। त्यस्तै कार्यकारी सदस्यमा प्रह्लाद भट्टराई (वराहक्षेत्र–२), लक्ष्मीराज अधिकारी (बेलका नगरपालिका–ठोक्सिला), र टीकाकुमारी श्रेष्ठ (वराहक्षेत्र–६) नियुक्त भएका छन्।

समितिमा पदेन सदस्यका रूपमा सम्बन्धित जिल्लाका समन्वय समिति सभापति, स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठानका पीठाधीश वा तिनले तोकेको प्रतिनिधि, र मालपोत कार्यालयका प्रमुख सदस्य रहने व्यवस्था 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved