लेटाङ र बुद्धको जन्म स्थल लुम्बिनी वीच भगिनी सम्वन्ध जोडियो

  • वैशाख २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौतम वुद्ध जन्मिएको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।
शुक्रबार लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले संयुक्त रूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन्।लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहमा उक्त सम्बन्ध स्थापित भएको लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले बताए ।

उनले भने,हस्ताक्षर गरिएको समझदारीपत्र दुवै नगरपालिकाका नगरप्रमुखले एक–अर्कालाई हस्तान्तरण भएको छ,कार्यक्रममा दुवै नगरपालिकाको तर्फबाट एक–अर्कालाई मायाको चिनो र आफ्ना पालिकाका विभिन्न प्रकाशन सामग्री हस्तान्तरण गरिएको हो ।
दुवै नगरपालिकाले आपसी सहयोग, आपसी अनुभव आदानप्रदान, पर्यटन प्रवद्र्धन, कृषि उत्पादन तथा सांस्कृतिक आदानप्रदान लगायतका विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
नगर प्रमुखद्वयले उक्त भगिनी सम्बन्धले आपसी मित्रता, विश्वास, सहकार्य र समन्वय बाक्लिएर बलियो सम्वन्ध कायम भई स्थानीय तहबीचको सहकार्यको नमूना बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

दुई नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना भएको अवसरमा समीको रुख समेत रोपिएको थियो ।कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीसहित दुबै नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

मोरङ कारागारमा लागुऔ ...

विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved