धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार सम्पन्न ‘एसईई आइडल’को पाँचौँ संस्करणमा तीन विधामा उत्कृष्ट प्रतिभाहरूले उपाधि चुमेका छन् । धरानमा आयोजना गरिएको प्रतियोगितामा सिङ्गिङ (गायन) मा खिना राना मगर, डान्सिङ (नृत्य) मा रोहन दर्नाल र वक्तृत्वकलामा मिसु प्रधान विजेता घोषित भएका हुन् । विजेताहरूले नगद पुरस्कारसँगै कक्षा ११ र १२ सम्मको निःशुल्क छात्रवृत्ति, सिक्किम वा मुस्ताङ भ्रमण र बारिस्टा तालिम जस्ता अवसर प्राप्त गरेका छन् । गायन र नृत्यतर्फका विजेताहरूले जनही ५० हजार रुपैयाँ नगद र वक्तृत्वतर्फका विजेताले ६० हजार रुपैयाँ नगद प्राप्त गरे । २०७५ सालदेखि सुरु भएको सो
धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार्थीहरूलाई मौलिक सीप सिकाउने उद्देश्यले दुना, टपरी र बात्ती बनाउन तालिम सञ्चालन गरेको छ। विद्यालयले कक्षा ७ देखि १० सम्मका इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी दुई दिने तालिम आयोजना गरिएको हो। जुनियर युवा रेडक्रस सर्कलको पहलमा शुक्रबार र शनिबार गरी तालिम सञ्चालन भइरहेको छ। “हाम्रा नानीहरू व्यवहारिक ज्ञानमा कमजोर हुँदै गएका छन्, मौलिकता हराउँदैछ, बिर्सिँदैछ,” विद्यालयका शिक्षक भवानी प्रसाद खतिवडाले भने। “पितापुर्खाहरूले प्रयोग गर्दै आएको दुना, टपरी र बात्ती जस्ता मौलिक सीपहरू नयाँ पुस्तालाई सिकाउनु जरुरी छ। त्यसैले हामीले
धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सिर्जनशीलता, अभिव्यक्तिको सुधार र व्यक्तित्व विकासतर्फ उन्मुख गराउने उद्देश्यसहित आयोजित ‘एसईई स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड उपशीर्षक प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। कार्यक्रम र्याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजना र धरान उपमहानगरपालिका वडा नं. १४ को संयोजनमा धरान–१४ स्थित बुढासुब्बा मन्दिर परिसरको चौतारीमा सम्पन्न भएको हो। फाइनल चरणमा पुगेका वक्ताहरूले “नशा होइन, सीप र सृजनामा युवा” र “बिजयपुर: ऐतिहासिक र पर्यटनको गन्तव्य” शीर्षकमध्ये एक रोजेर आफ्ना धारणा प्र
सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले हिंसात्मक रुप लिएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन् । छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् र हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए । घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको हो । प्रहरीका अनुसार ती युवती अचानक अशोक बस्दै आएको कोठामा पुगिन् र छुरा प्रहार गरिन् । त्यसपछि आफैँ घरको छतबाट हामफालेर भाग्ने प्रयास गर्दा उनी पनि घाइते भएकी छन् । अशोकको हाल गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ भने युवती सामा
हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो दिवसले स्थानीय उत्पादन, मौलिक परिकार र वातावरणमैत्री खानपान संस्कृतिको प्रवर्द्धनमा जोड दिन्छ। सन् २०१६ देखि संयुक्त राष्ट्रसंघको अगुवाइमा मनाइँदै आएको यस दिवसको नारा हो — Local seeds ,Local eats स्थानीय बीउबाट उत्पादन गरिएका अन्न, तरकारी, फलफूलहरू केवल स्वास्थ्यका लागि फाइदाजनक मात्र होइन , यसले हाम्रो सांस्कृतिक सम्पदा जोगाउन, किसानको जीविका सुधार्न र जैविक विविधता संरक्षण गर्न पनि सहयोग पुर्याउँछन्। दिगो खानपान भनेको यस्तो प्रणाली हो जसले प्रकृति, समाज र भविष्यलाई सन्तुलनमा राख्दै खानपानलाई अघि बढाउँछ। नेपाल जस्तो कृ
सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले असार ६ गते शुक्रबार हुने भएको छ । ‘शिक्षाका लागि संगीत’ भन्ने नाराका साथ आयोजना हुँदै आएको प्रतियोगिताको फिनाले धरान–१५ स्थित चुम्लुङ्ग हिममा बिहान ११ बजेबाट सुरु हुनेछ । फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजनामा एफटीएल अनलाइन टिभी र फक्ताङलुङ खबर डटकमको प्रस्तुतीमा सञ्चालन भइरहेको प्रतियोगिता कोशी प्रदेशस्तरीय हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको प्रतिभा खोजी गरी भविष्यमा शिक्षासँग जोड्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसपटक प्रदेशभरिका १४ जिल्लाबाट सुरुवाती चरणमा ७०५ जना विद्यार्थी सहभागी भएका थ
चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक्षा १ देखि ३ सम्म) का शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सोमवारदेखि सुरु भएको पाँचदिने तालिममा सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक-शिक्षिकाहरूको सहभागिता छ। शाखा प्रमुख उत्तमराज भर्तिकाका अनुसार नगरपालिका बार्षिक स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गरिएको हो। तालिम वडा नं. १ देखि ५ सम्मका शिक्षकहरूका लागि चतरा स्थित आदर्श माध्यमिक विद्यालयको सभाहलमा, र वडा नं. ६ देखि ११ सम्मका लागि चक्रघट्टि स्थित महेन्द्र माध्यमिक विद्यालयको स्रोत केन्द्र भवनम
उदयपुर/ उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन् । घटना हत्या हो कि आत्महत्या भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, स्थानीय १४ वर्षीया मञ्जु राईको शव बुधवार बिहान सडक छेउमा लडिरहेको अवस्थामा भेटिएको हो । सोही स्थानबाट करिब २ सय मिटर पर आँपको रुखमा २८ वर्षीय रवीन्द्र राई झुन्डिएको अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईका अनुसार घटनास्थलमा पुगेर दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको तयारी भइरहेको छ ।‘अहिलेसम्म घटनाको यक
सुनसरी/ विशेष सूचनाका आधारमा सुनसरीमा प्रहरीले २७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । मिति २०८२ साल असार ३ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर, इलाका प्रहरी कार्यालय लौकही र इलाका प्रहरी कार्यालय भण्टाबारीको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँच तथा तलासीका क्रममा उनीहरूलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा : १. दिलिप गजमेर (विश्वकर्मा), धनकुटा छथर जोरपाटी गाउँपालिका–१ उनलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोड नजिकैबाट नियन्त्रणमा लिइएको हो । उनको साथबाट २३.३६ ग्राम ब्राउन सुगर बरामद भएको छ । २. ग्राम गुरु
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ। शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला भएको र नतिजा निकाल्ने मिति पनि पछि सरेको हो ।अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा रहेको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताए । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सर