सुनसरी/ विशेष सूचनाका आधारमा सुनसरीमा प्रहरीले २७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
मिति २०८२ साल असार ३ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर, इलाका प्रहरी कार्यालय लौकही र इलाका प्रहरी कार्यालय भण्टाबारीको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँच तथा तलासीका क्रममा उनीहरूलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा :
१. दिलिप गजमेर (विश्वकर्मा), धनकुटा छथर जोरपाटी गाउँपालिका–१
उनलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोड नजिकैबाट नियन्त्रणमा लिइएको हो । उनको साथबाट २३.३६ ग्राम ब्राउन सुगर बरामद भएको छ ।
२. ग्राम गुरुङ, धनकुटा पाख्रीबास नगरपालिका–२
उनलाई कोशी गाउँपालिका–१ सारटोल स्थित बतास गेट अगाडि बाट नियन्त्रणमा लिइएको हो । उनको साथबाट १.७ ग्राम ब्राउन सुगर बरामद भएको छ ।
• मुकेश कुमार मण्डल (२२), सप्तरी महादेवा गाउँपालिका–२
सन्तोष मण्डल (२८), सप्तरी तिलाठी गाउँपालिका–८
उनीहरू कोशी गाउँपालिका–८ तिकुने स्थित प्र.१-०२-०५६ प ८०७४ नं.को मोटरसाइकलमा सवार रहेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरूबाट २.०५ ग्राम ब्राउन सुगर बरामद भएको छ ।
पक्राउ परेका तीनैजनालाई र बरामद ब्राउन सुगरसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको छ ।
स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरू भारतबाट लागुऔषध ल्याई नेपालमा बिक्री गर्ने योजनामा रहेका थिए । प्रहरीले लागू औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ ।