‘एसईई स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड सम्पन्न

  • असार ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सिर्जनशीलता, अभिव्यक्तिको सुधार र व्यक्तित्व विकासतर्फ उन्मुख गराउने उद्देश्यसहित आयोजित ‘एसईई स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड उपशीर्षक प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रम र्याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजना र धरान उपमहानगरपालिका वडा नं. १४ को संयोजनमा धरान–१४ स्थित बुढासुब्बा मन्दिर परिसरको चौतारीमा सम्पन्न भएको हो।

फाइनल चरणमा पुगेका वक्ताहरूले “नशा होइन, सीप र सृजनामा युवा” र “बिजयपुर: ऐतिहासिक र पर्यटनको गन्तव्य” शीर्षकमध्ये एक रोजेर आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमबारे जानकारी दिँदै आयोजक संस्था र्याडिकल लाइट नेपालका अध्यक्ष तीर्थ कार्कीले यसपटक खुला वातावरणमा कार्यक्रम आयोजना गरेर सहभागीहरूलाई नयाँ अनुभूति दिन खोजिएको बताए।

“बुढासुब्बा मन्दिर परिसरमा कार्यक्रम गर्नुको पछाडि सौन्दर्य, सन्देश र सरोकारको त्रिवेणी समेट्ने उद्देश्य थियो,” उनले भने।

प्रतियोगितामा सहभागी शुभम पोखरेलले बिजयपुर क्षेत्रलाई धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार र सरोकारवालाबीच समन्वय आवश्यक रहेको धारणा राखे।

यस्तै, अर्की प्रतिस्पर्धी दिविका राईले युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउन सकारात्मक सोच, व्यावसायिक सीप र सृजनात्मक क्रियाकलापमा जोड दिनुपर्ने बताइन्।

त्यसैगरी अर्की प्रतियोगी सन्जिना राईले भनिन्, “नशाले सोच मर्छ, सोच मरे सपना मर्छ। त्यसैले युवाहरूले आधुनिक सीप र सृजनामार्फत आत्मनिर्भर बन्नुपर्ने समय आएको छ।”

कार्यक्रमका प्रमुख अतिथि धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले एसईई दिएर फुर्सदमा रहेका युवाहरू गलत बाटोमा लाग्न नदिन यस्ता कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

उनले भने, “खुला स्थानमा आयोजना गरिएका यस्ता कार्यक्रमहरूले सामाजिक चेतना फैलाउनुका साथै युवाहरूको नेतृत्व क्षमता र अभिव्यक्तिमा निखार ल्याउँछ।”

कार्यक्रममा दन्तकाली माध्यमिक विद्यालय र आइडल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरू, शिक्षकहरू बालकृष्ण चौलागाईं र मोहन बस्नेत, समाजसेवी पन्कज घिमिरे, वडा नं. १४ की सामाजिक परिचालक रेनुका खतिवडा लगायतको उपस्थिति रहेको थियो।

Messenger_creation_C05D9B64-38B1-4FC3-A124-2BCA1DD54514

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved