शिक्षा

    Showing ४५१-४६० of १,९२३ items.
  • चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल श्रावण १५ गते देखि

    धरान/डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको विशेष सहयोगमा विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ ।  प्रतियोगीता यहि श्रावण १५ गते देखि १९ गते सम्म हुने सोमवार डिपो स्कुलको हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको छ ।    प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ९८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा सालीको गोली हानी हत्या, भिनाजु फरार

    धरान/ सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा सोमबार राति एक १७ वर्षीया किशोरीको गोली हानी हत्या गरिएको छ। टाउकोमा गोली लागेका कारण किशोरी अर्चना खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। हत्या घटनामा मृतक किशोरीका आफ्नै भिनाजु संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतको बिहार राज्य अन्तर्गत पूर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६ का २९ वर्षीय अजाज मियाँ जटले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। प्रहरीका अनुसार पारिवारिक वादविवादकै क्रममा सोमबार बिहान करिब १ बजे अर्चना खातुनमाथि ग

    • प्रकाशित मितिः असार ३०, २०८२
    • १,८९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आमचोक सरोरकार समाजद्धारा चटयाङ पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

    धरान । भोजपुरको आमचोकमा चटयाङ लागेर गंभीर घाइते भएका परिवारजनलाई आइतबार आमचौक सरोकार समाज सुनसरीले आर्थिक रकम सहयोग हस्तान्तरण गरेको छ । आमचौक ३ निवासी ४० बर्षिय भरत राई ,श्रीमती देविका र छोरी सुरक्षा तीनै जनालाई चटयाङ लागेर गंभीर घाइते बनाएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्नको लागि आमचोकवासीसँग सरोकार राख्ने आमचोैक सरोकार समाज सुनसरीले पीडितको लागि आर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो । समाजका अध्यक्ष राजेन्द्र राईका अनुसार आइतबार चटयाङ पीडितलाई संकलित रकम हस्तान्तरण गरिएको बताए ।   उनका अनुसार संकलित रकम मध्ये ३ लाख ६० हजार रुपैया प्रदान गरि

    • प्रकाशित मितिः असार २९, २०८२
    • १,०१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागुऔषधसहित तीन जना पक्राउ, एक किशोरी पनि नियन्त्रणमा

    धरान/ धरान ८ अरुण टोलबाट एक किशोरीसहित तीनजनालाइ लागू औषध सहित धरान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सूचनाको अधारमा शनिवार राति करिब साढे १२ बजे पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले प्रहरी सहायक निरीक्षक गोबिन्द दर्जीको नेतृत्वमा शकाको आधारमा धरान–८ वस्ने ३५ वर्षीय उज्वल तामाङको कोठामा छापा मारेको थियो । छापा मार्ने क्रममा तामाङको साथबाट प्रतिबन्धित लागुऔषध डाईजेपाम १६२ थान र डिकोलिन १६४ थान बरामद भएको धरान प्रहरीले जनाएको छ । यसैगरि प्रहरीले धरान–८ स्थित सभागृह आसपासमा वस्ने ३४ वर्षीय चन्द्र कुमार लिम्बुको साथबाट ट्रामाडोल ३ थान, डि

    • प्रकाशित मितिः असार २९, २०८२
    • ३,००३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडास्तरीय संयन्त्र मार्फत धरान–८ मा लागुऔषध नियन्त्रणको अभियान सुरु

    धरान/ लागु औषध दुव्यसन नियन्त्रण तथा न्युनिकरणका लागि धरान ८ स्तरिय संयन्त्र गठन भएको छ । बिहिबार धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले वडाबासीहरुको भेला मार्फत दश सदस्यीय संयन्त्र घोषणा गर्नु भएको हो । धरान ८ नम्बर वडा सचिव भूपाल निरौलाको संयोजकत्वमा बनेको संयन्त्रमा जनप्रतिनिधि वडा सदस्य रबिन श्रेष्ठ, धरान बरगाछी प्रहरी पोष्टका प्रमुख हवलदार गोविन्द परियार, बमजन टोल विकास समितिका अध्यक्ष भागीरथ लिम्बू, लाङ्घाली टोल विकास समितिका अध्यष महेन्द्र श्रेष्ठ, नागरिक समाजका तर्फबाट गंगाप्रसाद लिम्बू र सुवास श्रेष्ठ, बरगाछी महिला समुहका अध्यक्ष उषा थापा क्षेत्री, ल्याबोरेटरी माबिका छात्रा अनुसा मह

    • प्रकाशित मितिः असार २७, २०८२
    • ५४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा मकैको ढोडले छोपेर लुकाइएको गाँजा बरामद, दुई युवक पक्राउ

    धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैको ढोडले छोपेर लुकाइएको अवस्थामा फेला परेको गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले मंगलबार साँझ ७ बजे गुरुदयाल यादवको घरमा खानतलासी गरेको थियो। सो क्रममा यादवको गोठघरमा बोरामा हालेर मकैको ढोडले छोपिएको अवस्थामा ५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनासँग सम्बन्धित आरोपमा घरधनी गुरुदयाल यादवका छोरा २० वर्षीय प्रकाश यादव र १९ वर्षीय धिरज यादवलाई प्रहरीले पक्राउ गरेको हो। हाल पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुस

    • प्रकाशित मितिः असार २६, २०८२
    • १,०७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज गुरु पूर्णिमा र व्यास जयन्ती श्रद्धाभावका साथ मनाइँदै

    धरान/ आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर गुरुपूर्णिमा तथा व्यास जयन्ती श्रद्धा, भक्तिभाव र विविध कार्यक्रमसहित मनाइँदैछ।  धर्मशास्त्र र तन्त्रशास्त्रका पुस्तकमा उल्लिखित अनुसार, ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश हो। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गर्ने व्यक्तिलाई गुरु भनिन्छ। नेपाल पञ्चांग निर्णायक समितिक अनुसार, अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु मानिन्छ। गुरुप्रति श्रद्धा व्यक्त गर्दै शिक्षालयदेखि मठमन्दिरसम्म गुरु–शिष्य परम्पराको महत्त्व उजागर गरिँदैछ। गुरुपूर्णिमा हिन्दू परम्परामा ज्ञान, संस्कार र

    • प्रकाशित मितिः असार २६, २०८२
    • ४५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीका पत्रकार आन्दोलित,इटहरीका मेयरलाई आरोप पुष्टि गर्न चेतावानी

    इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलित भएका छन । इटहरी क्षेत्रको समग्र पत्रकारितालाई आक्षेप लगाउने गरि दिएको अभिव्यक्ति विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरी आन्दोलित भएको हो । गत शुक्रवार बिहान नगरप्रमुख पौडेलले आफ्नो आधिकारिक फेसबुक पेजमा कुनै प्रमाणबिना नै इटहरीको समग्र पत्रकारिता ‘दानापानी नझरेपछि लाज छोप्न समाचार प्रकाशन गर्ने गरेको आरोप लगाएका थिए । उनले समग्रमा पत्रकारलाई लाञ्छना लगाएको तर प्रमाण नदिएको भन्दै पत्रकार महासंघ आन्दोलित भएको हो । बुधवार नगरप्रमुख पौडेललाई पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा गएको टोलीले ज्

    • प्रकाशित मितिः असार २५, २०८२
    • ५२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामुदायिक स्कुल ओरालो लाग्दा धरानको पब्लिक हाईस्कुल चढ्यो शिखर , जिल्लाकै उत्कृष्ट

    धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको औसत परिणाममा केही सुधार देखाए पनि धरान क्षेत्रका अधिकांश सरकारी स्कुलहरूको अवस्था भने चिन्ताजनक देखिएको छ। यसैबीच, धरानको पब्लिक हाईस्कुल भने जिल्लाकै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। ८४,९२५ विद्यार्थी उत्तीर्ण, १७ जना ३,६ जीपीएभन्दा माथिको नतिजा ल्याउन सफल — यसले धरानका अन्य सामुदायिक विद्यालयको तुलनामा पब्लिक हाईस्कुल किन अग्रस्थानमा रहन सफल भयो भन्ने प्रश्न उठाउँछ। प्रधानाध्यापक डा.इन्द्र मोहन झाले भने,, “यो लज्जास्पद अवस्था भन्न मिल्दैन, तर समग्र सामुदायिक स्कुलले आत्मसमीक्षा गर्नु पर्ने अवस्था पक्कै हो।” उन

    • प्रकाशित मितिः असार २५, २०८२
    • २,०२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमीमा नवआगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखिकरण

    धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गरी मंगलबार विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। गोरखा होटलको सभाहलमा आयोजना गरिएको कार्यक्रममा विद्यालय परिवारले नयाँ विद्यार्थीलाई आत्मीय स्वागत गर्दै शैक्षिक नीति, अनुशासन, पठन–पाठन शैली र भविष्यको लक्ष्यबारे जानकारी गरायो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन कुमार राईले “हामी सीमित संख्यामा विद्यार्थी राखेर गुणस्तरीय शिक्षा प्रदान गर्छौं,” भन्दै सुनाखरी एकेडेमीको शिक्षण दर्शन प्रस्तुत गरे। प्लस टु कोअर्डिनेटर टप कुमार राईले विद्यार्थीकेन्द्रित शिक

    • प्रकाशित मितिः असार २४, २०८२
    • ८०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved