सुनाखरी एकेडेमीमा नवआगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखिकरण

  • असार २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गरी मंगलबार विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

गोरखा होटलको सभाहलमा आयोजना गरिएको कार्यक्रममा विद्यालय परिवारले नयाँ विद्यार्थीलाई आत्मीय स्वागत गर्दै शैक्षिक नीति, अनुशासन, पठन–पाठन शैली र भविष्यको लक्ष्यबारे जानकारी गरायो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन कुमार राईले “हामी सीमित संख्यामा विद्यार्थी राखेर गुणस्तरीय शिक्षा प्रदान गर्छौं,” भन्दै सुनाखरी एकेडेमीको शिक्षण दर्शन प्रस्तुत गरे। प्लस टु कोअर्डिनेटर टप कुमार राईले विद्यार्थीकेन्द्रित शिक्षण प्रणाली र व्यक्तिगत हेरचाहका पक्षमा विद्यालयको प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरूमाझ स्वागत मन्तव्य राखे।

कार्यक्रममा नवप्रवेशीहरूलाई अबिर लगाएर सम्मानपूर्वक स्वागत गरियो। प्रमुख अतिथिको रूपमा ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलका प्रिन्सिपल अरुण राई, कराँते प्रशिक्षक किरण लामा लगायत शिक्षासँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सांस्कृतिक प्रस्तुति अन्तर्गत कक्षा–१२ का विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति र नृत्यमार्फत कार्यक्रमलाई जीवन्त बनाएका थिए। कार्यक्रमको आकर्षक सञ्चालन छात्र शुलभ मगरले गरेका थिए।

Sunakhari

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved