आमचोक सरोरकार समाजद्धारा चटयाङ पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

  • असार २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । भोजपुरको आमचोकमा चटयाङ लागेर गंभीर घाइते भएका परिवारजनलाई आइतबार आमचौक सरोकार समाज सुनसरीले आर्थिक रकम सहयोग हस्तान्तरण गरेको छ ।amachok pic 2
आमचौक ३ निवासी ४० बर्षिय भरत राई ,श्रीमती देविका र छोरी सुरक्षा तीनै जनालाई चटयाङ लागेर गंभीर घाइते बनाएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्नको लागि आमचोकवासीसँग सरोकार राख्ने आमचोैक सरोकार समाज सुनसरीले पीडितको लागि आर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो । समाजका अध्यक्ष राजेन्द्र राईका अनुसार आइतबार चटयाङ पीडितलाई संकलित रकम हस्तान्तरण गरिएको बताए ।

aa

 

उनका अनुसार संकलित रकम मध्ये ३ लाख ६० हजार रुपैया प्रदान गरिएको छ । ४ लाख २० हजार रकम मध्ये उक्त रकमद्धारा नै ३५ हजार क्यान्सर पीडितलाई सहयोग र एम्वुलेन्स खरीदका लागि २५ हजार रुपैंया विरामीको सहमतिमा प्रदान गरि बाँकी रकम हस्तान्तरण गरिएको अध्यक्ष राईले बताए । समाजले चट्याङ लागेर आर्थिक उपचार गर्न कठिनाई भएर जीवन र मरण दोसाधमा रहेका परिवार जनको लागि आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद सहित आभार समेत प्रकट गरेको छ ।
आम चौक सरोकार समाजले चाँडै स्वास्थ्य सेवा थप सहज बनाएर विरामीको पहुँच पुर्याउनको लागि एम्वुलेन्स पनि खरिद गर्न अभियान सन्चालन गरेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved